मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • भोट नहालेर भोटे जनजाति बेशितिर झर्दै

भोट नहालेर भोटे जनजाति बेशितिर झर्दै

  • शुक्रबार, कार्तिक २५, २०७९
भोट नहालेर भोटे जनजाति बेशितिर झर्दै

बाजुरा–बुढिनन्दा नगरपालिका १० का पेमा थाम्कि थापा मंसिर ४ गते हुने निर्वाचनमा मतदान नगरेर बेशितिर लागेका छन् । हिमाली भेगमा चिसो बढेपछि भेडा, च्याङ्ग, सहित सब परिवार सहित अछाम तिर बसाइ सरेका छन् ।
पेमा सँगै बुढिनन्दा नगरपालिका ९ र १० पाण्डुसेनका १५ परिवारको समुह अछामतिर बसाइ सरेका छन् । हामीलाइ चुनाव भन्दा पनि हाम्रो आफ्नो परिवार भेडा, च्याङ्ग हुन्, हामीलाइ भोट हालेर पनि केही नहुने भएपछि भोटे नहालेर बेसिझर्न लागेको सिता थापाले वताईन् ।
मंसिर ४ गते सम्म गाउँमै बसे चिसो बढ्ने हिउँ आउने सम्भाबना भएकाले पनि अछामतिर आउन लागेको थापाले वताईन् । चुनाव अगाडि भएको भए भोट हालेर झर्ने थियौ, चुनाव ढिला भएकाले बसाइ सरेको पेमाले वताए । ढिला बसाइ सरे अछाम डोटिमा चरिचरन गर्न जंगल पनि नपाउने भएकाले चाडो बसाई सर्न लागेको उनले वताए ।
हाम्रो सुरक्षा कसैले नगर्ने, आफुले दुख गनुपर्ने खान लगाउन कोही नेता नदिने त्यो भन्दा मत नहालेर बसाइसरको कमला थापाले वताईन् । उनिहरु जस्तै अहिले मतदान नगरेर भेडा, च्याङ्ग, सहित सब परिवार औलतिर बसाई सर्न शुरु गरेका छन् ।
बाजुराको उत्तरी क्षेत्रका बासिन्दा, हुम्ला, र मुगुका स्थानिय हिउँदे याममा चिसो छल्न र खान लाउन नपुग्ने भएका कारण बसाई सरेका छन् । यस बेला उनीहरुले घरजहान सगंै औल तिर बसाइ सरिरहेका छन् । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेत बसाई सर्ने गर्दछन् ।
चिसो सुरु भएपछी हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएको बेशिमा सर्ने गर्छन् । बेसितिर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन । यस वेला घरमा भएका भेडा च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु र खाने सरसमानका साथ बसाई सरिरहेका छन् ।
हिमाली गाँउपालिका १ बिच्छयाँ बस्ने लोक गुरुङ्ग आफ्ना ७ जना परीवार सहित जाँडो छल्नको लागि बेशितिर झरी रहेका छन् । भेडा बाख्रा गाई गोरु सँगै लिएर अछाम तिर बसाइसरी रहेका छन् । लोक भन्छन्, हामीलाइ मतदान भन्दा पनि चिसो र जिविकोपार्जन गर्नुका लागि अछाम तिर लागेको वताए ।
हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेका छन् । बाजुराको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजाति (भोटे) केही महिनाको बसाई सर्ने गर्दछन् ।
बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । ‘परम्परागत पेशा, घरपरिवार पाल्न र आर्थिक आर्जनका लागि सपरिवार सहित उनिहरु चिसो लाग्ने समय देखिनै छिमेकी बसाइसराइ गर्ने गरेका हिमाली गाँउपालिका ३ गुम्बाका वडा सदस्य जगत लामाले बताएका छन’ । गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा संगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानियले बताए ।
त्यस्तै हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगर, जयर लगायतका बासिन्दा पनि भेडा, च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु ल्याउर बेशी तिर झरेका छन् । अहिले भेडा र परिवार सहित बेशी झर्नेको लर्को लागिरहेको छ । बाजुरा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् । सब परिवार सहित बेशी झर्ने भएपछि अधिकांश जनजाति (भोटे) बासिन्दाका वालवालिका पढाई छोडेर औलतिर झरेपछि तिनिहरुका बालबालिका पढाई बाट बञ्चित भएका छन् ।
जाडो छल्न बेशि झर्ने भएपछि बाजुराको उत्तरी क्षेत्र, मुगु, हुम्लामा बसोवास गर्ने भोटे जनजातिका बालवालिका र महिला हिउँदको समय खोप बाट बञ्चित हुने गरेका छन् । हिउँदमा जाडो हुने भएकाले उनिहरु बेशीतिर झर्ने भएकाले खोप सेवा वाट बञ्चित हुने गरेको हुन् ।

चर्चामा

सम्बन्धित समाचार