मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • अस्थायी मतदाताका लागि सुदूरपश्चिममा तोकिए यी २२ मतदान केन्द्र [सूचीसहित]

अस्थायी मतदाताका लागि सुदूरपश्चिममा तोकिए यी २२ मतदान केन्द्र [सूचीसहित]

  • शुक्रबार, कार्तिक २५, २०७९
अस्थायी मतदाताका लागि सुदूरपश्चिममा तोकिए यी २२ मतदान केन्द्र [सूचीसहित]

धनगढी – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ।

आयोगले अस्थायी मतदाताहरूका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको हो। आयोगले मतदान केन्द्र तोकेसँगै अस्थायी मतदाताले मतदान गर्न सक्ने संविधानमा भएको व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको छ।

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीले खटिएकै केन्द्रमा मतदान गर्न सक्नेछन्। अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ।

चर्चामा

सम्बन्धित समाचार