• होमपेज
  • राजनीति
  • संघ र प्रदेशमा बाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ – नेता पाण्डे

संघ र प्रदेशमा बाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ – नेता पाण्डे

  • बिहिबार, कार्तिक २४, २०७९
संघ र प्रदेशमा बाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ – नेता पाण्डे

टेक बहादुर बुढा , बाजरा – आसन्न मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन आउन अब १० दिन मात्र बाकी रहेका छन ।

चुनाब नजिकिदै जादा जिल्लाका राजनितिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान कार्यलाई तिब्र पारेका छन । जिल्लामा मुख्य रुपमा नेकपा एमाले र बाम लोकतान्त्रिक गठबन्धनको रोचक प्रतिस्र्पधा हुने भएको छ । यति बेला जिल्लाका नेताहरु भोट माग्दै जन्ताको घरदैलो देखि खेतबारी सम्म पुग्ने गरेका छन ।

नेताहरुका विभिन्न आसवासनले गर्दा एक दल परित्याग गरी अर्को दल प्रवेश गर्ने प्रवृति जन्ताहरुमा बढेको छ । एक दलका नेताले अर्को दलका नेताहरुको टिका टिप्पणी र बिभिन्न आरोप प्रत्यारोप लगाई जन्ताहरुलाई जवरजस्ती पाटी प्रवेश गर्न कार्य समेत जिल्लाका नेताहरुले गरिरहेका छन । यति मात्र होईन आफुले चुनाव जितिसकेको दाबि समेत जिल्लाका नेताहरुले गरिरहेका छन ।

त्यस्तै नेपाली काङग्रेसका सह महामन्त्री तथा आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री प्रसाद पाण्डेले आगामी निर्वाचन पछि संंंघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन । बुधबार बाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानका क्रममा सदरमुकाम मार्तडीमा भएको कोणसभा कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन । नेता पाण्डेले भने आफु बाजुरेली जन्ताको मन मुटुमा बसी सकेकाले जिल्लामा एमालेका नेता कणर् थापा होईन केपि ओली आएपनि चुनाव नजित्ने बताए ।

एमालेका नेता कणर् थापा तर्फ सङ्के गर्दे नेता पाण्डेले भने अहिले बाजुरेली जन्ताहरुलाई झुटा भ्रमपुणर् आसवासन बाडेर भोट मागिरहेका अरोप लगाए । जिल्लामा गठबन्धनका साथ साथै आफ्नो जित सुनिश्चित भईसकेकाले अब कुनै अलमलमा नर्पन पनि आम मतदाताहरुलाई नेता पाण्डेले आग्रह गरेका छन । उक्त कोणसभा कार्यक्रममा गठबन्धनका सम्पुणर् नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।गठबन्धनले प्रदेश ख को चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान सम्पन्न गरेर बिहिबार बाट प्रदेश निर्वाचन क्षेत्र क मा जाने तयारी रहेको नेताहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार