बाजुरा — बाजुरामा ३४ जना व्यक्तिले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेकाे थियाे ।
जिल्लाका ९ स्थानिय तहबाट ३४ हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे प्रहरी प्रमुख सुर्य थापाले बताएका छन । त्यसै गरि याे अवधिमा एक जना अबैध भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेकाे प्रहरी प्रमुख थापाले बताए ।
निर्धारित समयमा हतियार नबुझाउनेहरूलाई अब फेरि हतियार फेला परे कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।