देशको लागी मिलि जुली अंघी भढौँ,
आ आफ्नै कर्तव्य नभुली अंघी बढौँ।
गणतन्त्रको रक्षा प्रतिगमनको बिरोध,
तनमनले जनताभित्र घुली अंघी बढौँ।
सबै हातेमालो गरौँ आज भोली हामी,
जनताको घर दैलोमै डुली अंघी बढौँ।
यो जनताको लडाई र अखण्ड देशको,
किसानहरू मजदुर कुल्ली अंघी बढौँ।
दाई भाई ठुला साना आमा र बुबाहरू,
सँग सँगै हाम्रा सानी र ठुली अंघी बढौँ।
होलान सबैका झिना मसिना समस्या,
सांच्चै यि समस्यमा नझुली अंघी बढौँ।
सुरेशकुमार पान्डे।०२-११-२०२२,