सुन्यतामा याद आउँछ अक्सर सुस्त सुस्त,
भुलाउँन खोजेता पनि सक्भर सुस्त सुस्त।
पुरानो घाउ सुकेता पनि खाटोनै छ गहिरो,
तड्फिएकै छ पानी बिना बगर सुस्त सुस्त।
बदल्न खोज्छन संसार बांधेका छन कात्रो,
फैलियो समाजमै कुरिती जहर सुस्त सुस्त।
बनायो यो जिवन लाई बन्धक पुंजिवादीले ,
कयौँ क्रान्तिकारी त्यसैमा निर्भर सुस्त सुस्त।
जस्ले कामलाई बनाए आधार जिवन धान्ने,
उनिहरू नै भयका हुन्छन वेघर सुस्त सुस्त।
हुँदै गयो जटिल झन झन गरिबी जिन्दगानी,
अञ्जान भयो सरकार छ वेखर सुस्त सुस्त।