अब गयो यही बर्षको दशैं र तिहार पनि,
भयकै छ परदेश तर्फ लाग्ने आधार पनि।
एक मनले सोंच्छु देशमा चुनाउँ आउँदैछ,
तेर्छे नजरले हेर्न थालेकैछ साहुकार पनि।
जन्मिएको ठाउँमा त बस्नुनै कठिन भयो,
नेता बनेर बस्छन यहाँ देशकै गद्धार पनि।
चुनाव आउँदा रिण बढ्छ देशमा सधैभरी,
कति सम्म थेग्ला देशले रिणको भार पनि।
नियत भयन विकासको श्रोत त धेरै थिए,
यही देशभित्र भेट्टिन्छन अमूल्य झार पनि।