किन हो कुन्नी यो अनौठो सफर लाग्छ,
हरेएक मानिसको मायुस अधर लाग्छ।
परेकै छ बादल हरेक अनुहार छ उस्तै,
बाँच्नु भन्दा त उस्लाई मर्नै रहर लाग्छ।
कारोबार हुनेगर्छ रगत पसिनाको पनि,
हरेक मान्छे शोशणमा नै निर्भर लाग्छ।
गाउँ छाड्यौँ सहर आयौं सुःख खोज्दै,
याहाँ झनै बिमार पुरा यो नगर लाग्छ।
हिंजो आज यो कस्तो अबस्था आयो,
आफ्नै छांयाँसँग धेरै समेत डर लाग्छ।