आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा बल्देव रेग्मी बलियो पकड बनाउदै

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा बल्देव रेग्मी बलियो पकड बनाउदै

  • बुधबार, कार्तिक ९, २०७९
बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा बल्देव रेग्मी बलियो पकड बनाउदै

बाजुरा– बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एमाले नै बलियो शक्तिका रुपमा देखिएको छ । २०५१ साल पछिका सबै निर्वाचनमा कोल्टी क्षेत्र एमालेको पकड क्षेत्रकै रुपमा स्थापित छ । स्थानीय तह, निकाय देखि संसदीय सबै निर्वाचनमा एमालेले नै जितेको इतिहास छ ।

२०५१ सालमा तत्कालिन नेकपा एमालेका उम्मेदवार हिक्मत शाहीलाई कोल्टी क्षेत्रले भारी मत दिएको थियो । २०५४ को निर्वाचनमा पनि बहुमत गाविस एमालेकै पक्षमा थिए । २०५६ को चुनावमा काँग्रेसका जनक कुमार गिरीले एमाले भन्दा बढी मत ल्याएपनि एमाले र मालेका मत जोड्दा एमालेकै पक्षमा जनमत थियो ।

२०६४ मा पनि एमाले काँग्रेस भन्दा कोल्टी क्षेत्रमा बलियो देखियो । २०७४ को स्थानीय तह निर्वाचनमा चार पालिका मध्ये एमालेले २ वटा पालिकामा प्रमुख उपप्रमुख र १ मा उपप्रमुख जितेको थियो । सोही वर्षको संघ र प्रदेश चुनावमा पनि एमाले नै जितेको हो ।

नेकपा एमाले उम्मेदवार बल्देव रेग्मीले ९८४० मत ल्याएर विजयी भएका थिए । भने काँग्रेसका जनक कुमार गिरीले ८३०१ मत पाएका थिए । १५३९ मत अन्तरले जितेका बल्देव रेग्मीलाई नेकपा एमालेले यो पटक पनि उम्मेदवार बनाएको छ । वाम गठबन्धनले सहज जित्न भएको आँकलन गरिएपनि गठबन्धन भित्रको अन्तरद्धन्द्धले बल्देवलाई नै सहज हुने देखिएको छ ।

माओवादी केन्द्रको प्रभाव क्षेत्र र समाजवादीका नेताहरु नै बढी भएको क्षेत्र भएकोले काँग्रेसको समर्थनमा एकल उम्मेदवारी भए बल्देव रेग्मीका लागि केही सकस हुने अवस्था थियो । तर हाल गठबन्धनमा प्रतिनिधी सभा तर्फ बद्री पाण्डेलाई एकल उम्मेदवार बनाएपनि एकीकृत समाजवादी र माओवादीले आफ्ना अलग अलग उम्मेदवार बनाएका छन् ।

नेकपा माओवादी केन्द्रले कर्णबहादुर विक र एकीकृत समाजवादीले नरेश शाहीलाई उम्मेदवार बनाएको छ । काँग्रेस नै आधिकारीक कस्लाई मान्नेमा अन्योल देखिएको छ । उम्मेदवारी दर्तामा आधिकारी उम्मेदवारको रुपमा गठबन्धनले कर्णबहादुर विक केशवलाई नै बोकेको थियो ।

समाजवादीका नेताहरुले युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीका नाममा पार्टीको टिकट ल्याएर उम्मेदवार दिएपनि गठबन्धनमै विद्रोह सुरु भएको छ । जिल्लामा माओवादी तेस्रो शक्ति हो, भने समाजवादी चौथो शक्तिका रुपमा छ ।

कर्णबहादुर विकको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको श्रोतको दाबी रहेपनि माओवादीले जनमतको कदर गर्नु पर्ने माग सहीत कायमै राख्ने अडान लिएको छ । दुबै उम्मेदवारी कायम रहे बल्देव रेग्मीलाई जित्न झनै सहज हुने देखिएको छ । काँग्रेसले कस्लाई मतदान गर्ने अन्योल देखिन्छ । माओवादी र समाजवादी एक आपसमा विभाजित हुने अवस्था छ ।

दुबै चुनावमा लडेपनि कुनै एकलाई फिर्ता लिन बाध्य पारेपनि त्यसको प्रत्यक्ष फाइदा एमाले र स्वयम बल्देव रेग्मीलाई नै पर्ने छ । २०७४ को संघ प्रदेशको अवस्था अहिले स्थानीय तहमा छ । दुई पालिका प्रमुख उपप्रमुख र एक पालिका उपप्रमुख एमालेले जितेको छ । हिमालीमा धेरै अन्तर छैन् । बद्री पाण्डेको केही प्रभाव रहेपनि एमाले कार्यकर्ता गठबन्धनको समर्थनमा जाने अवस्था देखिदैन् ।

यता स्वामिकात्र्तिक खापर गाउँपालिकामा पनि एमालेले समानुपातिक तर्फ दयाल शाहीलाई लगभव सुनिश्चित सांसदको उम्मेदवार बनाएपछि सिंगो भूगोल समेटिएको अवस्ूथा छ । बुढीनन्दामा सहदेव बोगटी र जनक कुमार बोहरा लगायतको नेतृत्वमा एमाले नै बलियो देखिन्छ । जगन्नाथ गाउँपालिका स्वयम पार्टी अध्यक्ष कालीबहादुर शाहीको नेतृत्वमा देखिएकोले त्यसमा पनि एमालेलाई थप मत थपिने अवस्था छ ।

यी सबै आधार बिश्लेषण गर्दा रेग्मी नै बलियो उम्मेदवारका रुपमा देखिएका छन् । उसोत पाँच वर्ष प्रदेश सभा सदस्यको भूमिकामा मार्तडी कोल्टी पीलुचौर सडक निर्माण देखि गाउँमा विकास निर्माणका योजनामा उल्लेख्य बजेट भित्र्याएका रेग्मीलाई जनताले समर्थन दिने अर्को आधार देखिन्छ ।

एमालेको बलियो पकड र त्यसैमा गठबन्धन भित्रको सहतमा पुगेको अन्तरद्धन्द्धले प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार बल्देव रेग्मीलाई बलियो बनाउन सहयोग पुग्ने नै छ, त्यसैमा एमालेलाई प्रतिनिधी सभामा समेत थप सहयोग पुग्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार