बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका नेपाली काँग्रेस गाउँ कार्य समितिका सचिव लगायत वडा अध्यक्षका पराजित उम्मेदवार समेत एमाले प्रवेश गरेका छन् । २०७४ को वडा अध्यक्षमा पराजित उम्मेदवार शाही सहीतका नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले स्वागत गरेका छन् । शाहीसँगै स्थानीय राजमान शाही, मंगल शाही र राजमान शाहीको परिवार पनि एमाले प्रवेश गरेका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका १ मा माओवादी र समाजवादीका जिल्ला कमिटी सदस्य सहित ३१ परिवार एमाले प्रवेशको तेस्रो दिन काँग्रेस गाउँ समिति सचिव नै एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउँ कार्य समिति सचिव उत्तम कुमार शाहीले एमाले प्रवेश गरेका हुन् ।
प्रवेश कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार एवं एमाले स्थायी कमिटी कर्ण बहादुर थापा, नेकपा एमाले केन्द्रीय सदस्य शहदेब बोगटी, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार दयालबहादुर शाही, केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी उपसचिव तथा प्रदेश क उम्मेदवार बलदेब रेग्मी ,एमाले केन्दिय सल्लाहकार समिती सदस्य रंगमान शाही सहभागि थिए ।
यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला कमिटी सदस्य हंस बहादुर सिंह जिल्ला कमिटी सदस्य जनक बिष्ट, युवराज शाही, अनेरास्ववियु केन्द्रीय कमिटी उपमहासचिव तथा जिल्ला कमिटी सदस्य नरेश रोकाया, एमाले नेता चतुर्भुज शाही सहीत सहभागि थिए ।