शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • दलितमाथि कुटपिट आरोप लागेका बाजुराका वडा अध्यक्ष १ लाख धरौटिमा छुटे

दलितमाथि कुटपिट आरोप लागेका बाजुराका वडा अध्यक्ष १ लाख धरौटिमा छुटे

  • शुक्रबार, कार्तिक ४, २०७९
दलितमाथि कुटपिट आरोप लागेका बाजुराका वडा अध्यक्ष १ लाख धरौटिमा छुटे

बाजुरा–बाजुरामा एक मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोप लागेका वडा अध्यक्ष जुद्ध बहादु अयडी सहित ३ जना एक, एक लाख धरौटिमा छुटेका छन् । बिहिवार जिल्ला अदालत बाजुरा बाट १ लाख धरौटिमा छुटेको प्रहरीले जनाएको छ ।
त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको थियो । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।
धरौटीमा छुट्ने वडा अध्यक्ष सहित नाटेश्वरी मन्दिरका पुजारी रंगलाल पाध्याय र सोहि वडाका बिनोद अयडी रहेका छन् । तिनै जनालाई प्रहरीले पुर्वपक्षमा थुनावमा राखेर अनुसन्धान अगाडि बढाएको थियो ।
त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय तथा अन्य छुवाछुत र भेदभाब सम्बन्धी ऐन २०६४ अनुसार मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले वताए । प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्धा पेश गरेको थियो । वडा अध्यक्ष सहित दोषि ठहर भएमा ३ महिना देखी ३ बर्ष सम्म कदै र ५० हजार देखी २ लाख सम्म जरिवाना हुने व्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार