• होमपेज
  • समाज
  • अबैध भरुवा बन्दुक सहित त्रिबेणी ७ का एक जना पक्राउ 

अबैध भरुवा बन्दुक सहित त्रिबेणी ७ का एक जना पक्राउ 

  • शुक्रबार, कार्तिक ४, २०७९
अबैध भरुवा बन्दुक सहित त्रिबेणी ७ का एक जना पक्राउ 

बाजुरा —  जिल्लाकाे त्रिबेणी न.पा.७ का एक जना अबैध भरुवा बन्दुक सहित प्रकाउ परेका छन । त्रिबेणी  नगरपालिका कोट्ट्यारी बस्ने बर्ष अन्दाजी ४५  बर्षिया   नया लुहार मिजार प्रकाउ परेका हुन ।

उनले आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले निजको घरमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक थान-१, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा सहित निजलाई पक्राउ गरेकाे इन्सपेक्टर गिन्द्र बाेगटीले बताए । उनलाइ  प्रकाउ  गरी थप अनुसन्धान भइरहेको बाेगटीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार