हुन सकिन किन यो संसार गरिबको,
हातमा हुँदा पनि त तरवार गरिबको।
लडेका हुन्छौँ दिनरात अर्कैको लागी,
किन सदियौँ यस्तै व्यवहार गरिबको।
बनायौँ गगन चुम्ने सिशमहल हामीले,
तर पनि हुनसकिन बेडापार गरिबको।
भोका नाङ्गैछन अशिक्षित भए गरिब,
खान लगाउँन मै छ तकरार गरिबको।
हामी लडिरह्यौँ अवसरवादका लागी,
बन्नै सकेन जितको आधार गरिबको।
छ अंझै पनि आसा र होसला मनमा,
ल्याउँन सक्छौ कि सरकार गरिबको।
गजल समेत बिना बहर भयन भन्छन्,
बहर लेखौँ अब सकभर भयन भन्छन्।
आफुलाई त लेख्नु छ प्रगतीका लागी,
लयमै गर्न सकिन कवर भयन भन्छन्।
एक दशक सम्म यो गजल भनी सिकें,
यो त खोला हिंड्ने बगर भयन भन्छन्।
आफु डुवनै लागेको घाम जस्तो हुँदा ,
हिंड अंझै पुरा यो,सफर भयन भन्छन्।
साहित्यमै पनि पय्रो राजनीतिक छायाँ,
मुस्कुराउदा नि यो अधर भयन भन्छन्।
घायल भयौं साहित्यकार हरू सुनेर यो,
जुधायौँ नजर खै खबर भयन भन्छन्।