शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • सडक नखुल्दा बिरामी समस्यामा

सडक नखुल्दा बिरामी समस्यामा

  • बुधबार, कार्तिक २, २०७९
सडक नखुल्दा बिरामी समस्यामा

बाजुरा — साेमबार बडिमालिका नगरपालिका ६ का बिरे बडुवाल बिरामी भएपछि उनका आफन्तले जिल्ला अस्पताल पुगाए । जिल्ला अस्पतालमा चेक जाँच पछि बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल बाजुराले गएको आईतबार रिफर गर्यो ।
रिफर पछि सदरमुकामबाट बिरामीलाई आफन्तले बोकेर लिनु पर्ने अवस्था आयो त्यो दिन रात परिसकेकोले राति बल्देको पहिरोको बाटो अप्ठेरो भएकोले लिन नसको पछि पछिल्लो दिन बोकेर लगे । आफन्तको सहयोगले पहिरो त पार गरे उता एम्बुलेन्स चाहार्दै दिन बित्यो अस्पताल पुग्ने समय एम्बुलेन्स खोज्दै बितेपछि बिरामीलाई आईसीयू भएको अस्पतालसम्म पुगाउनु पर्नेमा जेनतेन अछामको बयालपाटा अस्पताल पुगाए त्या पुगाउदा उनको मृत्यु भयो ।

No description available.
स्वास्व प्रश्वासका बिरामीलाई अक्सीजनको शाहारामा लिनु पर्ने भयो । बल्दे अमकोट पहिरोमा एक्लै हिड्न गाह्रो छ । बैकल्पीक सडक भएको भए त जिल्ला अस्पतालकै एम्बुलेन्स लिएर समयमै सुबिधा सम्पन्न अस्पतालमा पुगाउन सके आफ्नो दाजुको ज्यान बचाउन सकिन्थ्यो बिरे बडुवालका भतिजा परे बडुवालले बताए ।
यो एक पात्र घटना हो यसरी पाँच बर्ष देखि बर्षाका चार पाँच महिना बन्द हुदै आएको बल्दे अमकोट सडकको समस्यले धेरै बिरामीले समयमा उपचार नपाएर समस्य भोग्दै आएका छन भने कयौको समयमा अस्पताल नपुग्दै ज्यान गुमाउनु परेको छ ।
जिल्ला सदरमुकाम जोड्ने एक मात्र राजमार्ग साफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिना देखि नखुल्दा बाजुरा जिल्लाका बिरामी समस्यमा परेका छन् ।

No description available.
०७९ असार पहिलो साता देखि बल्दे अमकोटमा आएको पहिरोले सडक बन्द हुदा सदरमुकाम मार्तडी र जिल्लाका पूर्बी उत्तरी क्षेत्रका ४ ओटा स्थानिय तह यातायात सेवाबाट बन्चित भएका छन् । यसरी सडक बन्द हुदा कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल बाजुरा र अन्य स्वास्थ्य चौकीबाट रिफर गरेका बिरामी समस्यमा भएका सामाजिक अगुवा हर्क खडाएतले बताए ।
उनले भन्ने सडक प्राकृतिक प्राकृतिक प्रकोपका कारण भयो, त्यो कोही कसैले रोक्न सक्दैन तर सदरमुकाम जोड्ने सडकको बैकल्पीक उपाए नअपनाउनु बाजुरा प्रशासन कार्यालय सडक डिभिजन कार्यालय सफेबर र त्यसको पहलका लागि जिल्लाका राजनैतिक दलले पहल नगरिनु दुखको कुरा भएको बताए ।

No description available.
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अबरुद्ध भएको र सडक अबरुद्ध हुदा नागरिकले अत्यन्तै दुख पाएका बताए । सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यहि हो करिव डेढ दुई किलो मिटर सडक खण्डमा ठुलो पहिरो गएकोले तत्काल खुलाउन सक्ने अवस्था रहेन । बर्षात पनि अहिलेसम्म नरोकिएकोले सडक खुलाउन समस्य भएको बताउनु भयो ।
दुई चार दिन भयो बर्षा रोकिएको सडक डिभिजनलाई निर्देशन गरेर सडक खोल्ने प्रायस भईरहेको र काम पनि अगाडी बढेको प्रमुख जिल्ला अधिकारीले बताए । काम निरन्तर भएपछि केहि दिनमै सडक खुल्ने अधिकारीले बताए ।

No description available.
पाँच महिनासम्म सडक बन्द हुदा जिल्लामा दैनीक उपभोग्य सामानको मुख्य आकाशीनुका साथै अभाब श्रृजना भएको मार्तडीका ब्यापारी प्रकाश थापाले बताए । थापाले भने दशैसम्म त जेनत्यन भरिया खच्चरद्धारा बोकाएर दैनीक उपभोग्य सामन पुगाईयो भरियाद्धारा बोकाएर बिक्री गरौ भने उभोक्ता कर्मामा पर्ने आफुले घाटामा पनि बेच्न नसकीने उनले बताए ।
सडक सच्चालन हुदा १७ सय पर्ने खाना पकाउने ग्यासको मुल्य २४ सय पुगेको छ । उपभोक्ताको माग बढी भयो भरियाद्धार उपभोक्ताको माग धन्न नसक्दा ग्यास लगाएत दैनीक उपभोग्य सामाग्रीको अभाग भएको छ । त्यसै गरि १ सय रुपैयामा पाईने खाने तेलको मुल्य १ सय १५ रुपैया बढीमा पर्ने गरेको छ ।
बाजुराली नागरिकले दशै त राम्रोसंग मनाउन पाएन यो बर्ष त तिहार पनि राम्रोसंग मनाउन नपाउने स्थानियले दुखेसो पोखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार