शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बझाङ शिलदेवी मेला:आज पहिलो खेल छबिसपाथिभेरा र थलारा बिच हुदैं

बझाङ शिलदेवी मेला:आज पहिलो खेल छबिसपाथिभेरा र थलारा बिच हुदैं

  • मङ्लबार, कार्तिक १, २०७९
बझाङ शिलदेवी मेला:आज पहिलो खेल छबिसपाथिभेरा र थलारा बिच हुदैं

अर्थ जङ शाही/बझाङ– सुर्मादेवी मेलाको अवसर पारी बझाङ उधोग बाणिज्य संघले आयोजना गरेको उद्योग वाणिज्य संघ कप २०७९ अन्तर्गत आज पहिलो खेल छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकाबीच हुनेछ भने दोस्रो खेल केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाबीच हुनेछ । प्रतियोगीतामा जिल्ला भरका १६ पुरुष र ९ महिला टिम सहभागी रहेका छन् ।

सोमबार पहिलो दिन पुरुष तर्फ ५ र महिला तर्फ ३ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा खप्तछान्ना गाउँपालिकालाई हराउँदै बुंगल बिजय बनेको छ भने दोस्रो खेलमा जयपृथ्वी नगरपालिकालाई वि लाई हराउँदै छविस ए बिजयी बनेको छ । यस्तै खप्तडछान्ना गाउँपालिका वि र सुर्मा गाउँपालिकाबीच भएको तेस्रो खेलमा सुर्मा बिजयी बनेको छ ।

सुर्मा गाउँपालिका ए र मष्टा गाउँपालिका वि बीच भएको चौथो खेलमा सुर्मा ए बिजयी भएको छ । वित्थडचिर गाउँपालिका र तल्कोट गाउँपालिकाबीच भएको पाचौं खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ ।

No description available.

महिला तर्फ तलकोट गाउँपालिका र मष्टा गाउँपालिकाबीच भएको पहिलो खेलमा मष्टा गाउँपालिकाको टिम बिजयी बनेको छ । जयपृथ्वी नगरपालिका ए र वित्थड गाउँपालिकाबीच भएको खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ भने छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाबीच भएको खेलमा छविसपाथिभेरा बिजयी बनेको छ ।

प्रतियोगीतामा पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ भने महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १ सय ११ रुपैंयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार