जस्ले संसार सिङ्गार्छन त्यही वेनाम किन हुन्छ,
केखाउँ केलगाउँ उसैलाई शुभ साम किनहुन्छ।
दश नङ्रा खियायो सधै भोक भोकै हिंड्यो उही,
अल्छि को घर भित्र अन्नको खदान किन हुन्छ।
यो दुनियांको बिकास गर्न कम्मर कसेकहरूले,
सोचौँ त यो देशको विकासमा जाम किन हुन्छ।
ज जस्ले दिनरात मजदुरी गर्छन देश बिदेश गई,
उन्को घरमा सधै के खाम के लगाम किन हुन्छ।
अंझै बुझ्नै न सकेको यो सेते ले यही पनि त हो,
जुनसुकै सरखार आए पनि वे काम किन हुन्छ।