• होमपेज
  • समाचार
  • गुडिरहेको भ्यानमा आगलागी

गुडिरहेको भ्यानमा आगलागी

  • सोमवार, अशोज ३१, २०७९
गुडिरहेको भ्यानमा आगलागी

धनकुटा – धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ। तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं। २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ।

विज्ञापन
Generator
गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जनाएका छन्। गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए। गाडीमा सवार दुई यात्रु भने सकुशल छन्।

चर्चामा

सम्बन्धित समाचार