शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

बाजुरा सदरमुकाममा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

  • शुक्रबार, अशोज २८, २०७९
बाजुरा सदरमुकाममा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजनामा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्म, नेपाल प्रहरी र ससस्त्र प्रहरीले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको थिए ।
बाजुरा जिल्लामा वर्षेनि आगलागीका घटना घट्ने गरेकोले सो डेमो प्रदशनले समाजमा केही सिकाई हुने भएकोले डेमो प्रदशन गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपत ब्यबस्थपन समिति अध्यक्ष प्रकाशचन्द अधिकारीले बताए ।

No description available.
सदरमुकाम मार्तडीको खुलामन्चमा गरिएको डेमोको रिहर्सल अनुसार केही व्यक्तिहरू घरमा सुतीरहेको अबस्थामा घरमा आगलागी हुन्छ र, उनीहरूले चिच्याउदै छिमेकीहरुको गुहार माग्छन् र, कोही छिमेकीहरुले घरमा लागेको आगो निभाउने प्रयासमा रहन्छन र कोही प्रहरी प्रशासन र वडाअध्यक्षलाई जानकारी  गराउछन ।

No description available.
वडाअध्यक्षले जानकारी पाउनासाथ प्रहरीलाई खवर हुन्छ  र प्रहरीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाली सेनाको सहयोग मागेको थियो । स्थानीयले हार गुहार गर्छन्। सेनालाई खबर गर्छन् र, नेपाल प्रहरी, ससस्त्र प्रहरी र सेनाको टोली आइपुग्छ । आगलागी निम्तिएको अवस्थामा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरीले कसरी यसको व्यवस्थापन गर्न सक्छ भन्ने तथ्यलाई मार्मिक रूपमा देखाइएको थियो ।
डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने? भन्ने कुराको डेमो गरिएको थियो ।

No description available.
त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो । आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको दुगाभन्ज्याङ गुल्म थापाथली ब्यारेकका गुल्मपती दिवाकर खड्काले बताएका छन । आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए ।

No description available.
हामी अग्नि नियन्त्रणका लागि जहिल्यै तम तयारी अवस्थामा छौं। हरेक व्यक्ति र समुदायका मान्छेले पनि आगलागी भएमा घरेलु उपाए र आफूसँग भएका साधन स्रोतको उपयोग गरेर धनजनको क्षतीबाट बाँच्न सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको हो,’ उनले भने।
यसैबीच, सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर समेत डेमो प्रदर्शन गरिएको थियो । पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँध्यो भने आगो निभाउन सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको गरीएको थियो ।

No description available.
डेमो प्रदशन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट, सरकारी कार्यालयका प्रमुखहरु नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पत्रकार र स्थानीयहरुको सहभागीता रहेको थियो ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार