शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बिस्तापीत एक सय बढि परिवारलाई गाउँपालिकाद्धारा राहत साम्रगी बितरण

बिस्तापीत एक सय बढि परिवारलाई गाउँपालिकाद्धारा राहत साम्रगी बितरण

  • बिहिबार, अशोज २७, २०७९
बिस्तापीत एक सय बढि परिवारलाई गाउँपालिकाद्धारा राहत साम्रगी बितरण

बाजुरा — जिल्लाको हिमाली गाउँपालिका वडा नम्मर ६ बोर्ताका १ सय १३ परिवारलाई हिमाली गाउँपालिकाद्धारा राहत बितरण गरिएको छ । असोज १९ गते देखीको निरन्तर बर्षाका कारण पहिरो आई बिस्तापीत परिवारहरुलाई राहत बितरण गरिएको हो ।
गाउँपालिकाले प्रति परिवार त्रिपाल, चामल, दाल लगायत कपडाहरु र भाडाकुडाहरु बितरण गरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन । पिडीतहरुलाइ गाउँपालिकाका अध्यक्ष गाेबिन्द बहादुर मल्लले गाउँपालिकामा बाेलाएर बितरण गरिएकाे भण्डारीले बताएका छन ।
गाउँमा अहिले पनि पहिरो बगिरहेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताएका छन । सो गाउँ नै बिस्तापित भएकोले सो ठाउँका स्थानियहरुको बस्ती नै स्तानान्तरण गर्नुपर्ने देखीएको अधिकृत भण्डारीले बताएका छन ।

१९ देखी २३ सम्मको निरन्तर अविरल बर्षाका कारण पहिरोले हिमाली गाउँपालिका वडा न्न ४ बोर्ता गाउँका ११३ परिवार उच्च जोखिममा परेका छन गाउँ बस्न नसकिने भै सवै परिवार बिस्थापित भएका छन गाउँको बस्ती भएको र खेतीयोग्य जमिन अहिलेसम्म बगिरहेको गाउँपालिकाले जनाएकाे छ । बर्षाको कारण पाकेर भित्र्याउन लागेको बालिनाली पुर्णरुपमा क्षेती पुर्याएको छ ।

अहिले सबै परिवार डाडामाथी मन्दिर र सुक्षित स्थाम त्रिपाल मुनि दिन बितारहेका छन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए  । हिमाली गाउँपालिका कार्यलयबाट चामल त्रिपाल कम्बल र भाडाकुडा राहत उपलब्ध गराइएको भए पनी स्थानीय हरुले दृघकालिन समाधान खोजिरहेका छन भण्डारीले बताए  । सुरक्षीत स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिन्छ यस्को लागि गाउँपालिकाको एकल श्रोतले धान्न नसक्ने हुदा संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यकता रहेकाेले सहयाेगका लागि गाउँपालिकाले अनुराेध गरेकाे छ। अहिले बसिरहेको स्थानमा खानेपानी सौचालय अन्य खाद्यान्नको समस्या बिस्थापितहरु छ सहयोगको लागि सरकारी र गैरसरकारी संघ संस्थालाई  गाउँपालिकाले अपिल गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार