• होमपेज
  • समाचार
  • अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने

अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने

  • बिहिबार, अशोज २७, २०७९
अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने

जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् ।

उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ थियो ।

वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलिनै मौसम बाहिरिने सम्भावना छैन् । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अव हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाँही मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं । बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा । अव धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुन पछाडिका अरु समयमा पनि त्यस्ता खालको मौसमी गतिविधिहरु हुन सक्छ । त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तिन नसक्ने भन्ने चाँही होइन । ’

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदे याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए । उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए । वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘भर्खर मौसम सकिदैछ अहिले ।

जल तथा मौसम विज्ञान विभागले अव आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाँही हामीले डिसेम्बर, जनवरी र फेबु्रअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं । हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं ।’ विभागले मौसमी अवस्था बारे २४ घण्टानै सेवा दिइरहने गर्दछ । न्युज एजेन्सी नेपाल

चर्चामा

सम्बन्धित समाचार