• होमपेज
  • समाचार
  • दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

  • बुधबार, अशोज २६, २०७९
दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार