• होमपेज
  • समाज
  • चार महिना बितिसक्दा पनि नारायण माविले पाएन बि.ब्य.स.अध्यक्ष

चार महिना बितिसक्दा पनि नारायण माविले पाएन बि.ब्य.स.अध्यक्ष

  • सोमवार, अशोज २४, २०७९
चार महिना बितिसक्दा पनि नारायण माविले पाएन बि.ब्य.स.अध्यक्ष

अर्थ जङ शाही/बझाङ — बझाङको जयपुथ्वी नगरपालिका-१ कैलासमा रहेको नारायण माध्यामिक विद्यालयमा करिब चार महिना बितिसक्दा पनि बिधालय ब्यवस्थापन समितिकाे अध्यक्ष नहुँदा समस्या भएको छ।

विद्यालयमा समितिहरु गठन हुन नसक्दा विद्यालयको रेखदेख, संचालन, भौतिक पूर्वाधार निर्माणका काम, शिक्षकहरुको सरुवा बढुवा तथा अभिभावहरुसंगको समन्वय जस्ता काममा भने जसरी निर्णय र व्यवस्था गर्न नसकिएको गुनासो सरोकारवालाहरुले गर्दै आएका छन् ।

आफुले अध्ययन गर्दै हुर्केको नारायण माध्यामिक विद्यालयमा विधालय व्यवस्थापन अध्यक्ष बिनै शिक्षकले बिधालय ब्यवस्थापन समितिको अध्यक्ष जस्तो एउटा जिम्मेवारी पोष्ट आफ्नै हातमा लिएर कामकाज गर्नु त्यहाँका जनताको अपमान बाहेक अरु के गर्न खोजेका होलान् यसमा सबै कैलाशबासिले आवाज उठाउनु पर्ने स्थानीय ब्यक्ति अम्रित शाहीले बडिमालिका खबरलाई बताएका छन् ।

अहिले नारायण माध्यामिक विद्यालयमा विधालय ब्यवस्थापन समितिकाे अध्यक्ष नहुँदा धेरै कठिनाइ भोग्नुपरेको शाही बताउँछन्। यता नारायण माध्यामिक विद्यालयमा विधालय ब्यवस्थापन समिति गठनमा ढिलाई हुनुमा कुनै पनि समस्या नभएको, त्यहाँका शिक्षक, जनप्रतिनिधिहरुले कुनै पनि चांसो नदिएको अर्का स्थानीय ब्यक्ति सुदिप शाहीले बताएका छन्।

यस बिषयमा थप कुरा बुझ्नका लागि हामीले बझाङ जयपुथ्वी नगरपालिका-१ कैलासमा रहेको नारायण माध्यामिक विद्यालयका प्रअ ऐन बहादुर सिंह संग फोन सम्पर्क गर्दा- यस अधि पनि हामीले २ चोटी गाउँ भेला गरेर छलफल गरेको र आफै-आफैमा सहमति कसैले नदिएको,अब तत्काल तिहार पछि फेरी हामी बिब्यस अध्यक्ष चुनिने बारेमा छलफल गर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार