• होमपेज
  • समाचार
  • बेपत्ता भएका १५ मलामीमध्ये २ जना सम्पर्कमा, १३ को खोजी जारी

बेपत्ता भएका १५ मलामीमध्ये २ जना सम्पर्कमा, १३ को खोजी जारी

  • सोमवार, अशोज २४, २०७९
बेपत्ता भएका १५ मलामीमध्ये २ जना सम्पर्कमा, १३ को खोजी जारी

कालिकाेट — उनीहरू हिलोमा लत्तपतिएको अवस्थामा बाँच्न सफल भएको स्थानीय निर्मला शाहीले जानकारी दिइन् । स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको शनिबार घरमै मृत्यु भएपछि आइतबार मलामी गएकाहरू तिला नदीको किनारामा आएको पहिरोमा परी बेपत्ता भएका हुन् । पहिरो आएर तिला नदीमा मलामीलाई बेपत्ता बनाएको तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘मलामी गएका पहिरोमा परे । दु:खद घटना भयो,’ उनले भने ।

कालीकोटको तिलागुफा ४ राचुलीमा १३, वडा नं ७ बालीगाउँमा ५, वडा नं ६ भैसैगोडामा एक र सान्नीत्रिवेणी ८ मुम्रामा १ गरी २२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूको खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

राचुली गाउँभन्दा तल बग्ने तिला नदीमा शव लिएर गएका मलामी नदीको किनारामा पुगेपछि माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता बनेको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए । पहिरोमा सम्पर्कविहीन भएकामध्ये २ जना पौडी खेलेर बाँचेको जानकारी आएको डीएसपी रिमालले बताए । उनका अनुसार पहिरोमा परी बेपत्ता हुनेहरूमा तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही छन् ।

स्थानीय र प्रहरीले पहिरो वरपर खोजी गरे पनि बेपत्ता भएकाहरू भेटिएका छैनन् । त्यस्तै सान्नीत्रिवेणी ८ का १६ वर्षीय कमलको पहिरोमा परी मृत्यु भएको छ । पिपिरी खोलामा आएको पहिरोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राचुली गाउँमाथिबाट आएको पहिरोले गाउँका २ सयभन्दा बढी परिवार विस्थापित भएर स्थानीय कालिका मावि राचुलीमा बसेका छन् । ५ दिनदेखि वर्षा नरोकिएकाले यातायात ठप्प छ । कर्णाली राजमार्ग अवरुद्ध छ । जुम्लाको सिमानामा पर्ने प्रहरी चौकी नाग्मबाट प्रहरी टोली घटनास्थलतर्फ आइरहेको प्रजिअ रामहरि शर्माले बताए ।

शर्माका अनुसार स्थानीयले घटनाबारे जानकारी गराए पनि प्रहरी पुगिनसकेकाले क्षतिको यकिन जानकारी भएको छैन । ‘पहिरोमा हराएको भन्ने खबर आएको छ । सम्पूर्ण जानकारी प्रहरी घटनास्थल पुगेपछि मात्र थाहा हुन्छ,’ उनले भने ।

यसैबीच तिलागुफा ७ बालीगाउँको पहिरोमा घर पुरिँदा बेपत्ता भएका स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवार अझै फेला परेको छैन । आइतबार बिहान साढे १० बजे घरमाथिबाट आएको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षकी छोरी ज्यानी बेपत्ता छन् । कान्तीपूरबाट

चर्चामा

सम्बन्धित समाचार