• होमपेज
  • राजनीति
  • बाजुरामा गठबन्धनबाट संघमा पाण्डे, प्रदेशमा शाही र विक लड्ने

बाजुरामा गठबन्धनबाट संघमा पाण्डे, प्रदेशमा शाही र विक लड्ने

  • शनिबार, अशोज २२, २०७९
बाजुरामा गठबन्धनबाट संघमा पाण्डे, प्रदेशमा शाही र विक लड्ने

बाजुरा–बाजुरामा सत्ता गठबन्धनको उम्मेदवार टुंगो लागेको छ। प्रतिनिधीसभामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार हुने गरी दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको हो। प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशवले टिकट पाएका छन्।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेपाली काँग्रेसका प्रदेश समिति सदस्य पदमबहादुर शाही उम्मेदवार बन्ने निश्चित भएको छ। गठबन्धनले प्रदेश (ख) मा काँग्रेस र समाजवादी मध्ये कुनै एक भनेर विकल्प राखेपनि अन्ततः काँग्रेसले नै पाउने देखिएको छ।

बाजुरामा नेकपा एकीकृत समाजवादीबाट टिकट पाउने सूचीबाट आउट भएको छ। प्रतिनिधी सभामा काँग्रेसबाट निवर्तमान सभापति कविराज पण्डितले आकांक्षा राखेपनि पाण्डेकै नाममा निर्णय गरिएको छ। पाण्डे विद्यार्थी राजनीतिबाट काँग्रेसको सक्रिय राजनीतिमा आएका हुन्।

वाल्मीकी क्याम्पसबाट राजनीति गरेका पाण्डे खुला केन्द्रीय सदस्य हुदै यो पटक सहमहामन्त्रीमा जितेका हुन्। नेपाली राजनीतिमा राम्रो प्रभाव छोडेका पाण्डेलाई गृह जिल्लामा भने हुनु पर्ने जति बलियो पकड नभएको टिकाटिप्पणी हुने गरेको छ। पाण्डे संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य भइसकेपनि प्रत्यक्ष चुनाव पहिलो पटक लड्न लागेका हुन्।

यता प्रदेश (क) मा उम्मेदवार बन्न लागेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कर्णबहादुर विक केशवले भूमिगत राजनीति गरेका हुन्। २०७० मा समानुपाति सांसद भनेर राज्य मन्त्री बनेका विक माओवादी केन्द्रमा राम्रो पकड भएका नेता हुन्। तर बाजुरामा माओवादीको जनमत नै निकै कमजोर छ।

काँग्रेसको तर्फबाट प्रदेश (ख) का उम्मेदवार पदम बहादुर शाही हाल प्रदेश समिति सदस्य तथा संगठन विभाग प्रमुख हुन्। २०७० मा नेकपा माओवादी केन्द्र प्रवेश गरेका शाही पछि फेरि काँग्रेसमै फर्किएका हुन्। २०७४ सालको निर्वाचनमा प्रदेश सभा (ख) मा वाम गठबन्धनका उम्मेदवार प्रकाश बहादुर शाहसँग हारेका शाही फेरि उम्मेदवार बनेका छन्।

गठबन्धनको टिकटका विषयमा समाजवादी पुरै असन्तुट बनेको छ। भने काँग्रेस भित्रै पनि विरोध भएको छ। जनमत नै नभएको पार्टीलाई टिकट दिएर निष्ठावान नेता जनक कुमार गिरीलाई पाखा लगाएको आरोप छ। पार्टी सभापति रामसिंह रावल र चक्र शाहलाई न्याय नगरेको आक्रोश पनि काँग्रेसमा छ। उसो त कविराज पण्डितलाई संघमा टिकट नदिएको प्रति सार्वजनिक रुपमा विरोध सुरु भएको छ।

चर्चामा

सम्बन्धित समाचार