बाजुरा–नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । बाजुरामा प्रतिनिधि सभामा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पाएका छन् ।
त्यस्तै प्रदेश क मा बल्देब रेग्मि र प्रदेश ख मा एमाले केन्दिय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापाले टिकट पाएको एक स्रोतले वताएको छ । प्रतिनिधि सभाका लागि कर्ण बहादुर थापा, प्रकाश बहादुर शाह र लोकेन्द्र बहादुर शाहीको नाम सिफारीस भएको थियो ।
प्रदेश क मा बल्देब रेग्मि, रंगमान शाही र सहदेब बोगटिको नाम सिफारीस भएको थियो । त्यस्तै ख प्रदेश बाट लाल बहादुर थापा, लाल बहादुर ओली र भरत बुढाको नाम जिल्ला कमिटिले सिफारीस गरेको थियो । बल्देश रेग्मि निर्वतमान प्रदेश सासंद हुन्, भने लाल बहादुर थापा निर्वतमान प्रतिनिधि सभाका सदस्य हुन् ।
सूदुरपश्चिम प्रदेशमा क-कसले पाए टिकट ?
बाजुरा : प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा
बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा
दार्चुला : प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी
बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल
डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल (बीपी कांग्रेस), प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही
डोटी : प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम
अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा (क) देवबहादुर कुँवर र (ख) कृष्णप्रसाद जैसी
अछाम–२ : प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा (क) भीमबहादुर बिष्ट र (ख) शिव उपाध्याय
कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट
कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह
कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा (क) मा राप्रपालाई छोड्ने, (ख) मा सुरेन्द्र बिष्ट
कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने
कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे
कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,
कैलाली ४ : प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद
कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ