शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • अछाम:-भीम रावलले टिकट पाएनन्, झपट बोहोरा एमालेको उम्मेदवार

अछाम:-भीम रावलले टिकट पाएनन्, झपट बोहोरा एमालेको उम्मेदवार

  • शुक्रबार, अशोज २१, २०७९
अछाम:-भीम रावलले टिकट पाएनन्, झपट बोहोरा एमालेको उम्मेदवार

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।

अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार