शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा

  • शुक्रबार, अशोज २१, २०७९
सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडाै--आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। बिहानै देखि ठुलाे बर्षा भइरहेकाे छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।मौसम पुर्वानूमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ। अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।

राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ।

यस्तै भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ। वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले सकेसम्म खोला नतर्न र पर्वतारोहणमा नजान पनि मौसमविद्को सुझाव छ।

चर्चामा

सम्बन्धित समाचार