शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसको सामानुपातिक बन्दसुचीमा बाजुराबाट तिमिल्सेना आउट महाको इन्ट्रि

कांग्रेसको सामानुपातिक बन्दसुचीमा बाजुराबाट तिमिल्सेना आउट महाको इन्ट्रि

  • बुधबार, अशोज १९, २०७९
कांग्रेसको सामानुपातिक बन्दसुचीमा बाजुराबाट तिमिल्सेना आउट महाको इन्ट्रि

बाजुरा–नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ सामान्य हेरफेर गरिएको छ । पहिलो चरणमा पठाएको बन्दसुचीमा बाजुरा बाट कांग्रेस महाधिबेशन प्रतिनिधि बिद्या तिमिल्सेनाको नाम रहेको थियो । तर पछिल्लो हेरफेरमा उनको नाम हटेको छ ।
तिमिल्सेनाको नाम हटेपनि संबिधान सभा सदस्य तथा कांग्रेस नेता महा सनाइ नेपालीको नाम भने बन्दसुचिमा रहेको छ । दलित पुरुष तर्फ नेपालीको नाम ७ नम्बरमा रहेको छ । नेपालीको नाम दलित मात्र नभइ पिछडीएको क्षेत्रमा समेत बन्द सुचिमा राखिएको छ ।
पहिलो चरणमा पठाएको सुचिमा कोइराला पक्षले बिरोध पछि सामान्य हेरफेर भएको थियो । ब्यापक विरोध भएपछि प्रधानमन्त्री पत्नी आरजु राणाको नाम एकबाट तीनमा राखिएको छ । त्यस्तै सूचीमा विमलेन्द्र निधि, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, जीवन परियारलगायत नेताहरु समानुपातिक बन्दसूचीको आ–आफ्नो कलस्टरमा पहिलो नम्बरमा रहेका छन् ।
त्यस्तै विमलेन्द्रकी भान्जी निनु कर्ण, लोसपाबाट कांग्रेस प्रवेश गरेकी चन्दा चौधरी पनि मधेसी कोटामा अटेकी छन्। दाङ क्षेत्र १ मा टिकट नपाएपछि योगेन्द्र चौधरी थारु कोटामा पहिलो नम्बरमा रहेका छन् । थारु महिला कोटामा भने विजय गच्छदारकी बुहारी कल्पना चौधरी अटेका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार