बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरेलीका दुखः खोलामा पुल छैन, तर्नै सकस

बाजुरेलीका दुखः खोलामा पुल छैन, तर्नै सकस

  • सोमवार, अशोज १७, २०७९
बाजुरेलीका दुखः खोलामा पुल छैन, तर्नै सकस

बाजुरा– बाजुरामा पुल नहुँदा स्थानीय सकसमा परेका छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा स्थानीयलाई बर्सातको समयमा आवतजावत गर्न निकै समस्या भएकाे हो।

खप्तड छेडेदहको वडा नं–३ पुडाबाउला, मौवाडी, धुर्तोला, टुनीसैन लगायतका स्थानीय पुस्तौदेखि अहिलेसम्म उपभोग्य सामाग्री खरिद गर्न बेतालमाण्डौ साँफेबगर लगायतका बजारमा यसै खोलाबाट वारपार गर्ने गरेका छन्। यहाँका स्थानीयलाई घाँस दाउरा गर्न तथा दैनिक उपभोग्यका समाग्री खरिद गर्न जाँदा खोला तर्नुपर्ने बाध्यता रहेको मौवाडीका दिलबहादुर धामीले जानकारी दिए।

पुल नभएकाले खोला बढेर आउँदा वारपार गर्न समस्या हुने गरेको उनले बताए। यस्तै यहाँका विद्यार्थीलाई पनि विद्यालष् जान खोला तरेर जानुपर्ने बाध्यता रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार