शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

  • शनिबार, अशोज १५, २०७९
बाजुरामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा — आसन्न मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्बाचनका लागि बाजुरा जिल्लामा पनि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शनिबार जिल्ला समन्वय समितिको कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बोर्ड राखेर उद्धघाटन गरेका छन । स्थापना कार्यक्रममा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार