शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • एमालेले बन्दसूची हेरफेर गर्ने, अन्तिम सूची १५ गते बुझाउने

एमालेले बन्दसूची हेरफेर गर्ने, अन्तिम सूची १५ गते बुझाउने

  • शुक्रबार, अशोज १४, २०७९
एमालेले बन्दसूची हेरफेर गर्ने, अन्तिम सूची १५ गते बुझाउने

नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ । सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ । यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको जनाएको छ ।

बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताएका हुन् ।

‘प्रारम्भिक लिष्टमा हामीले अध्यक्षज्युलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको हो । उम्मेदवारको प्राथमिकता पनि तोकेर निर्वाचन विभागमार्फत केन्द्रीय हेडक्वार्टरले अन्तिम निर्णय गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौ’, गुरुङको भनाइ छ ।

बैठकमा १० बुँदे पक्षधर र पूर्व माओवादीबारे कुनै छलफल नभएको गुरुङले बताए । गुरुले २१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार