शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका युवाद्धारा धार्मीक स्थल बुढिनन्दाको बृत्तचित्र सार्बजनिक

बाजुराका युवाद्धारा धार्मीक स्थल बुढिनन्दाको बृत्तचित्र सार्बजनिक

  • बुधबार, अशोज १२, २०७९
बाजुराका युवाद्धारा धार्मीक स्थल बुढिनन्दाको बृत्तचित्र सार्बजनिक

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका पछिको धार्मीक तथा पर्यटकीय क्षेत्र बुढिनन्दाको बृत चित्र सार्बवनिक भएको छ । वइल्ड बाजुरा नामको युटव च्यानलमार्फत सो बृत्तचित्र सार्बजनिक गरेका हुन । साउन पुर्णिमाकाे अवसमा लाग्ने मेलामा जादै गर्दा त्यहाँका नयाँ गन्ब्यहरु र त्यस ठाउँको प्रचार प्रशारका लागि आफुहरुले् भिडीयो डकुमेन्टी बनाएको उनिहरुले बताएका छन ।
बाजुराका ७ जना युवाहरुले नया गन्तब्य सहित बुढिनन्दालाई चिनाउनका लागि वइल्ड बाजुरा नामको युटव र फेशबुक पेजमार्फत भिडीयो डकुमेन्ट्रीहरु पोष्ट गरेर प्रचार प्रशारमा जुटेका छन । बाजुराका युवा मनोज रेग्मीको नेतृत्वमा गएको टोलीले नया गन्तब्य सहितको बृत्तचित्र सार्बजनिक गरेका छन ।
मनोज रेग्मीका अनुसार नयाँ गन्तब्य सहितको भाग एक भिडीयो युटव मार्फत सार्बजनिक गरिसकेको र बाकीँ चरीदह भन्दा माथीको भाग केही समय पछि सार्बजनीक गर्ने बताएका छन । बाजुराको सदरमुकाम मार्तडीबाट रजाली हुदै जादा तल्लो क्षेत्रका मान्छेलाई एक दिन कम हिड्नुपर्ने बताए । बाटोका लागि आफुहरुको टिमले बाटोमा रेजा लगाउदै गएकोले यसपछि बुढिनन्दा जानका लागि त्यो बाटोमा अफ्टेरो नहुने बताए ।
रेग्मी नेतृत्वको टोली साउन पुर्णिमाकाे अवसरमा लाग्ने बुढिनन्दाको दर्सनका लागि जादा बाटोमा रहेको भेडाहरु उपचार तथा औषधी समेत बितरण गरेको बताए ।

बुढिनन्दा माईको पुजा प्रत्येक वर्षको श्रावण शुक्ल चर्तुदशीका दिन पर्ने गर्दछ। बुढिनन्दा माईको दर्शनका निम्ति मार्तडी पाण्डुसैन हुदै बुढिनन्दा पुग्ने गर्दछन्। यो अहिलेका तिर्थालु भक्तजनहरुको दर्शनका निम्ति प्रयोग गरीने पदमार्ग हो।

हामीले प्रयोग गरेको पदमार्ग मार्तडी रजाली सिन्तुवा देखी खेतिजीउली हुदै बुढिनन्दा पुग्ने नयाँ पदमार्ग हो। यो पदमार्गको अहिलेसम्म कसैलाई जानकारी थिएन।

हामीले यो मार्गको प्रयोग गर्दा हराउने वा बाटो नपाएर फर्किनु पर्ने अवस्था पनि आउन सक्थ्यो जस्तो सुकै परिस्थितीसँग पनि सामना गर्ने वाचाका साथ हामी सात जनाले एक अर्कासँग सहकार्य गर्दै यो बाटोको खोजीमा जुटीका बताउछन।

यो पदमार्ग बाजुराको सदरमुकाम मार्तडीबाट यात्रा गर्ने तिर्थालु भक्तजनहरु र पर्यटकले यात्रा गर्दा अहिलेको चलनचल्तिको मार्ग भन्दा छोटो बाटो रहकाे उनिहरुकाे भनाइ रहेकाे छ। हामीले (WILD BAJURA) यो यात्राका निम्ति कुनै पनि निकायको सहयोगमा नभई प्रत्येक यात्रीले आफ्नै लगानीमा यो पदमार्गको खोजीमा अघि बढाएकाे उनिहरुकाे भनाइ रहेकाे छ ।

यो पदमार्गको प्रयोग गर्दा कुनैपनि डर वा कठिनाईको सामना गर्नु पर्ने छैन। गोठहरु पर्याप्त भएकाले सबै जानकारी पाउन सकिन्छ। पहिलो दिनको यात्रामा मार्तडी देखी सिन्तुवा पाटन पुग्न सकिन्छ। यो श्रेत्र मार्तडी देखि बुढिनन्दा पुग्ने पदमार्गको सुरुवाती पाटन श्रेत्र हो। दोस्रो दिन सिन्तुवा पाटन देखि धौली भराण पुगिन्छ ।

भिडयाे हेर्न तलकाे लिकंमा किलिक गर्नुहाेला 

चर्चामा

सम्बन्धित समाचार