शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाम मार्तडीका मासुपसलको अनुगमन

बाजुरा सदरमुकाम मार्तडीका मासुपसलको अनुगमन

  • सोमवार, अशोज १०, २०७९
बाजुरा सदरमुकाम मार्तडीका मासुपसलको अनुगमन

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा मासु पसलको अनुगमन गर्दा एक पसलमा सडेको मासु फेला परेको छ । सदरमुकाम मार्तडी स्थित मालिका माशु पसलमा साढेको साँढे ५ किलो मासु फेला परेको हो ।

सदरमुकाम मार्तडीका १५ ओटा मासु पसलको अनुगमन गर्दा सो पसलमा धेरै दिन पहिले देखीको सढेको अबस्थामा डिफ्रिजमा राखेको अनुगमन टोलीले फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा गरिएको अनुगमनमा कुखुरा माशु पशल, खशी काट्ने माशु पसल र राँगा काट्ने माशु पशल गरि १५ ओटा माशु पसलको अनुगमन गरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ ।

अनुगमनमा बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट, प्रहरी निरीक्षक गिन्द्र बोगटी, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार