शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

  • बिहिबार, अशोज ६, २०७९
सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं  – सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।

‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनुभएको छ । यो दुरुपयोग संविधानमाथिको निर्मम प्रहार र धोकाधडडी हो’ रिटमा भनिएको छ, ‘संविधानको अक्षरश पालना गर्ने हो भने सभामुख र उपसभामुखले सो पद धारा गरी राज्यको स्रोत साधनको दुरुपयोग गरिरहनुभएको छ ।’

४ मंसिरको स्थानीय तह निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ । उनीहरुले मुद्दाको अन्तिम किनारा नलागेसम्म सभामुख र उपसभामुखलाई राज्यस्रोतबाट प्राप्त सेवा सुविधा नदिन अन्तरिम आदेश माग गरेका छन् ।

यो रिटमा शुक्रबार पेशी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार