शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

  • बिहिबार, अशोज ६, २०७९
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार