बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • को दुश्मन को हो मित्र कसैलाई थाहा छैन,

को दुश्मन को हो मित्र कसैलाई थाहा छैन,

  • मङ्लबार, अशोज ४, २०७९
को दुश्मन को हो मित्र कसैलाई थाहा छैन,

गजल!

को दुश्मन को हो मित्र कसैलाई थाहा छैन,
राजनीति यस्तो छ दाई को भाई थाहा छैन।

बच्चाको गास खोसेर दिन्छन सहयोग यहाँ,
भनौं त्यसको कस्ले दिन्छ भर्पाई थाहा छैन।

नेताका गफ सुनी सुनी जनता दिक्दार भयौं,
देख्दा ढोका बन्द गर्नथाले अघाई थाहा छैन।

गरिबका छोरा पस्छन डिग्री लिएर नि खाडी,
गयो ऊ उच्च पदमा ज्याक लगाई थाहा छैन।

श्रोत साधनको कमीनै छैन बिकासको लागी,
उठ्नै दिने भएनन् कमिसन थमाई थाहा छैन।

कति सम्म स्वतन्त्र बांचौंलाई स्वाभिमानी भई,
आर्का सँग सधै कामकै लागी धाई थाहा छैन।

चर्चामा

सम्बन्धित समाचार