मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ३
  • गोठाटारमा व्यवसायीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा

गोठाटारमा व्यवसायीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा

  • मङ्लबार, अशोज ४, २०७९
गोठाटारमा व्यवसायीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा

काठमाडौं – काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।
घटनाको अनुसन्धानमा खटिएको प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी कपडा व्यवसायी सर्लाहीहरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या भएको थियो ।
गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ ।
लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए । त्यो निवेदनबारे बिटले प्रहरी वृत्त बौद्धलाई जानकारी पनि गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार