शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ३
  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

  • मङ्लबार, अशोज ४, २०७९
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

बागमती – मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार