शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • सम्पत्ति करबापत ५० करोड उठ्न बाँकी

सम्पत्ति करबापत ५० करोड उठ्न बाँकी

  • मङ्लबार, अशोज ४, २०७९
सम्पत्ति करबापत ५० करोड उठ्न बाँकी

काठमाडौँ – स्थानीय तहको आन्तरिक आयको महत्त्वपूर्ण स्रोत सम्पत्ति कर भए पनि आफ्नो क्षेत्रभित्र कति सम्पत्ति कर उठ्न सक्छ भन्ने अनुमान गर्न नगरपालिका र गाउँपालिकाले सकिरहेका छैनन् ।

सबैभन्दा बढी सम्पत्ति कर उठाउन सक्ने र सुविधासम्पन्न भएर पनि काठमाडौँ महानगरपालिकाले पनि यसको आकलन गर्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले सम्पत्ति करबापतको ५० करोड रुपियाँ उठ्न बाँकी रहेको अनुमान गरेको छ तर कुन संस्था वा व्यक्तिले कति सम्पत्ति कर तिर्न बाँकी छ भन्ने कुरामा भने महानगर अनभिज्ञ नै देखिएको छ ।

प्रत्येक वर्ष अनिवार्य रूपमा कर बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि सरकारी निकायले नै सम्पत्ति कर बुझाउन आनाकानी गरिरहेको काठमाडौँ महानगरले जनाएको छ ।

महानगरले कर बुझाउन पटकपटक ताकेता गरिरहेको भए पनि सबैले कर नबुझाएको महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो । “दुई साताअघि सार्वजनिक निकायसँगै निजीलाई कर बुझाउन पत्राचार गरेका थियौँ तर अधिकांश सार्वजनिक निकायले सम्पत्ति कर बुझाएका छैनन्,” उहाँले भन्नुभयो ।
आव २०४९/५० सालदेखि सम्पत्ति कर लागू भएको हो । त्यसै बेलादेखि अहिलेसम्म कर नबुझाउने पनि रहेको उहाँले जानकारी दिनुभयो । सार्वजनिक संस्थान नै तिर्दैनन् कर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी (खाद्य संस्थान) लिमिटेड, कर्मचारी सञ्चय कोष, गुठी संस्थान, नेपाल विद्युत् प्राधिकरण, कृषि सामग्री कम्पनी लिमिटेड, नेसनल टे«डिङ लिमिटेडलगायतका सार्वजनिक संस्थानले नै सम्पत्ति कर नबुुझाएको डा. अधिकारीले जानकारी दिनुभयो । गुठी संस्थान र कर्मचारी सञ्चय कोषजस्ता केही निकायले कर नलाग्ने दाबी गरेका छन् ।

यस्तै ह्वाइट फिल स्कुल नयाँ बानेश्वर, रञ्जना टे«ड सेन्टर न्युुरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, नेपाल चेम्बर अफ कमर्सले सम्पत्ति कर बुझाएका छैनन् ।
खाद्य संस्थान र चेम्बर अफ कमर्सले मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका सङ्घसंस्थाको घर र घरजग्गामा सम्पत्ति कर नलाग्ने भन्दै ७ प्रतिशत कर छुट मागेको महानरपालिकाले जनाएको छ ।

यस्तै घरबहाल कर नबुझाउने पनि धेरै सार्वजनिक निकाय रहेको महानगरले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पस भृकुुटीमण्डप,
शङ्करदेव क्याम्पस बागबजार, नेपाल ल क्याम्पस भृकुटीमण्डप, नेपाल कमर्स क्याम्पस मीनभवन, सरस्वती बहुमुखी क्याम्पस लैनचौरले घरबहाल कर नबुझाएको महानगरपालिकाले जनाएको छ ।

वीर अस्पताल महाबौद्ध, दशरथ रङ्गशाला त्रिपुरेश्वर, समाज कल्याण परिषद् लैनचौर, नेपाल प्रहरी केन्द्रीय कार्यलय नक्साल, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडकले पनि घरबहाल कर नबुुझाएको महानगरको अभिलेख छ ।

धेरै निकायले कर छुट गराइदिनुप-यो भनेर पत्राचार गरेको महानगरपालिकाले जनाएको छ । धेरै निकायले कर बुझाउने भनेर पत्राचार गरेको महानगरले जनाएको छ । साढे तीन करोड सङ्कलन
महानगरपालिकाले कर बुझाउन ताकेता गरेपछि १५ वटा निकायले तीन करोड ४० लाख ४१ हजार ७६४ रुपियाँ कर बुझाएका छन् । घरबहाल कर, मनोरञ्जन कर र सम्पत्ति करबापत सो कर बुुझाएका हुन् । सम्पत्ति करबापत एक करोड ८० लाख ७३ हजार ३११ रुपियाँ, घरबहाल कर ७३ लाख २३ हजार २५५ र मनोरञ्जन कर ८६ लाख ४५ हजार १८९ रुपियाँ सङ्कलन भएको महानगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार