बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाचार
  • सेती अस्पतालले भन्यो : अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ

सेती अस्पतालले भन्यो : अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ

  • सोमवार, अशोज ३, २०७९
सेती अस्पतालले भन्यो : अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ

धनगढी – स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।

अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

केसीको उपचारमा अस्पतालले शुद्ध पानी, नर्मल स्लाइन, रिंगर ल्याक्टेट मात्र प्रदान गरिएको प्रवक्ता डा. कमरले जानकारी दिए । चिकित्सकीय टोलीबाट नियमित स्वास्थ्य परीक्षण गराई राखेको र मनिटरबाट शरीरको अक्सिजन, मुटुको घड्कन र रक्तचाप अनुगमन गरी राखेको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार