शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कवाडी अस्थायी डिपोमा तिन महिना देखी चामल अभाब

बाजुराको कवाडी अस्थायी डिपोमा तिन महिना देखी चामल अभाब

हिमाली गाउँपालिकामा खाद्यन्न संकट

  • आइतवार, अशोज २, २०७९
बाजुराको कवाडी अस्थायी डिपोमा तिन महिना देखी चामल अभाब

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । सरकारले ढुवानी अनुदानको चामल ढुवानी नगरेपछि असार महिना देखी डिपोमा चामल नहुँदा खाद्यन्न संकट भएको हो । हिमाली गाँउपालिकाको ५ कवाडी अस्थाई डिपोमा असार देखी चामल ढुवानीको नगर्दा तिन महिना दिन देखी चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ३ का धनलाल रोकायाले बताएका छन् ।
अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । डिपोमा चालम नपाउदा बजारको महँगो चामल खरिद गर्ने गरेका छन् । गत आर्थिक बर्षको चामल जेठमा सकिएको थियो । यो आर्थिक बर्षमा २५ सय कुन्टल चामल डिपोका लागि ढुवानी गर्ने भएपनि अहिले सम्म ठेक्का हुन नसकेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
डिपोमा चामल जाने कुनै ठेगाना नभएपछि दशै तिहार लगायतका चाडपर्व महँगोमा मनाउने भएका छन् । बजारमा स्थानिय सडक बर्षातले अबरोध भएकाले चामलको मुल्य आकासिएको छ । साँफे मार्तडी सडक र मार्तडी कोल्टी सडकको बिभिन्न ठाउँमा सडक अबरोध हुदा व्यापारिले पनि महँगो भाडा तिर बिक्रिका लागि चामल ढुवानी गरिरहेका छन् । डिपोमा तिन महिना देखि चामल अभाब हुदा पनि डिपोमा चामल व्यबस्थापन गर्न कतै बाट पहल नभएको पाईएको छ ।
दुुई दिन लगाएर कवाडी पुुग्यौ, चामल पाएनौ बजारको महँगो चामल किनेर लिने स्थानियले अम्मर बुडथापाले वताएका छन् । घरबाट साहुुसंग चार हजार सापटी रिण निकाले चामल किन्न आएको चन्द्रबहादुर बुढथापाले बताए । साबिकको बिच्छँया गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
हिमाली गाउँपालिकामा सधैका बर्षातमा खाद्यन्न संकट हुने गरेको छ । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको मार्तडी र कोल्टी शाखामा भने चामल अभाब नरहेको छ । यि क्षेत्रमा बजारको सहज पहुँच रहेको छ । जहाँ बजारको पहुँच छैन्, त्यहाँ खाद्य संस्थानको चामल पनि नभएको रहेको छ । यसले गर्दा दुर्गमका बासिन्दा चरम खाद्य संकटको मारमा परिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार