शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • हुम्लाको मासपुर गाउँमा मतदान केन्द्र स्थापना, ५० जना मतदाता

हुम्लाको मासपुर गाउँमा मतदान केन्द्र स्थापना, ५० जना मतदाता

  • शनिबार, अशोज १, २०७९
हुम्लाको मासपुर गाउँमा मतदान केन्द्र स्थापना, ५० जना मतदाता

हुम्ला–हुम्लाको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँमा मतदान केन्द्र हुने भएको छ । निर्वाचन आयोगले मासपुर गाउँमा मतदान केन्द्र राख्ने निर्णय गरेको छ । आयोगले गाउँमा रहेको बानादेव आधारभुक्त बिद्यालयमा मतदान केन्द्र राख्ने जनाएको छ ।
भर्खर सम्पन्न भएको स्थानिय चुनावमा मासपुर गाउँका बासिन्दालाई मतदान गर्न तिन दिन खर्च लाग्ने समाचार बडिमालिका खबर लगायत सञ्चार माध्यममा प्रकाशित भएको थियो । समाचार प्रकाशित पछि निर्वाचन आयोगका सुचना अधिकारी तथा साहयक प्रवक्ता सुर्य प्रसाद अर्यालले अर्को चुनावमा मतदान केन्द्र स्थापना गर्ने बताएका थिए ।
मासपुर गाउँमा रहेको मतदान केन्द्रमा ५० जना मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम मतदाता मतदान केन्द्र मासपुर गाउँमा रहेको जनाएको छ । ८२ बर्षिय आउसे रोकायाले पहिलो संबिधान सभाको चुनाव देखी भोट हालेका थिएनन्, । मतदान केन्द्र टाढा भएकाले जान सकेको थिएन्, अब गाउँमै मतदान केन्द्र हुनेभएपछि मतदान गर्न हौसिएको आउसले वताए ।
समाचार प्रकाशित पछि सिडियोको अध्यक्षतामा रहेको मतदान केन्द्र सिफारीस जिल्ला कमिटिले निर्वाचन आयोगमा मतदान केन्द्र राख्न सिफारिस गरेको जिल्ला निर्वाचन कार्यलय हुम्लाका कर्मचारी नायक सुब्बा श्याम बहादुर रानाले वताएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा मासपुर गाउँकाले गाउँमै मतदान गर्ने भएका छन् ।
बिगतमा त्यो ठाउँमा मतदान केन्द्र राख्नुपर्ने कसैको चासो नभएकाले स्थापना हुन नसकेको स्थानिय टेक बहादुर रोकायाले वताए । मासपुरका बासिन्दाले मतदान गर्न तिन दिन समय खर्च गनुपर्ने बाध्यता रहदै आएको थियो । विगतमा मतदान केन्द्र टाढा भएकाले धेरै जना मतदानमा समेत सहभागि नहुने गरेको स्थानिय केस बहादुर रोकायाले वताएका छन् ।
मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यलय नजिकै रहेको कैलाश आधारभुत बिद्यालयमा पुग्न एक दिन लाग्ने रहेको छ । एक दिन पुग्न, एकदिन मतदान अर्कोदिन फिर्ता हुने समय गरेर तिन दिन समय लाग्ने गरेको स्थानिय टेक बहादुर रोकायाले वताएका छन् ।
मासपुर गाउँमा २३ घरधुरी रहेका छन् । गाउँको जनसंख्या १ सय ३ रहेको छ । गाउँमा मतदाता परिचय पत्र भएका ५० जना रहेको जिल्ला निर्वाचन कार्यलय हुम्लाले वताएको छ । ६० बर्ष माथीका १० जना मतदाता रहेको छन् । स्थानिय चुनावमा ६० बर्ष माथिका मतदाता टाढा भएकाले सहभागि हुन नसकेको ७१ बर्षिय जोख्या बुढाले वताए ।
मासपुरका धेरैले त मतदाता परिचय पत्र समेत बनाएका छैनन्, मतदान केन्द्र टाढा छ, बनाएर पनि के गर्नु स्थानिय टेक बहादुर रोकायाले वताए । अब गाउँमै मतदान केन्द्र भएकाले अब अरुले मतदाता परिचय पत्र बनाउने उनले वताए । २०७० को संबिधान सभाको चुनाव देखी गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुनु पर्ने बताउदै आएका छन् । मत हाल्नका लागि सामाल (खाद्यन्न) बोकेर जानु पर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनु पर्ने जनाए । गाउँको राजनितिक पहुँच कम भएकाले अहिले सम्म कसैले नसुनेको स्थानियले वताए । सदरमुकाम सिमकोट बाट ५ दिन पैदल लाग्ने यो गाउँमा राज्यको ध्यान पुग्न सकेको छैन् । राष्ट्रिय जनगणनामा २०४८ सालमा मात्र समेटिएको पाइएको हो ।

चर्चामा

सम्बन्धित समाचार