शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • खाद्य व्यापार कम्पनी लिमिटेड बाजुराले दशै लक्षित सहुलियतमा चामल बिक्रि गर्दै

खाद्य व्यापार कम्पनी लिमिटेड बाजुराले दशै लक्षित सहुलियतमा चामल बिक्रि गर्दै

  • शुक्रबार, भदौ ३१, २०७९
खाद्य व्यापार कम्पनी लिमिटेड बाजुराले दशै लक्षित सहुलियतमा चामल बिक्रि गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४८ बाट ७ रुपैया छुट गरेर ४१ मा मार्तडी बिक्रि शुरु गरिने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख ओझाले वताएका छन् ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ७ रुपैया प्रतिकेजीमा छुट दिएको शाखा प्रमुख ओझाले वताए । यो अफर कार्तिक १५ सम्म गते सम्मका लागि रहेको छ । चामल किन्न आउदा नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
अहिले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा १ जार २ सय कुइन्टल र कोल्टी शाखामा १ हजार ३ सय कुइन्टल चामल रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार