शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकामा आज सार्बजनिक बिदा

अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकामा आज सार्बजनिक बिदा

  • सोमवार, भदौ २७, २०७९
अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकामा आज सार्बजनिक बिदा

बाजुरा — बाजुरालीहरुको स्थानिय सस्कृति पर्ब अनन्ते मेलाको अवसरमा बडिमालिकाले सार्बजनिक बिदा दिने भएको छ । भदौ २६ गते बसेको नगर कार्यपालिकाको बैठकले आज सार्बजनिक बिदा दिने निणर्य गरेको हो ।
अनन्ते मेलाकोे अवसरमा सार्बजनिक बिदा दिएको बडिमालिका नगरपालिकाले जनाएको छ । भाद्र पन्चमीको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेका छन् ।
यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ । बाजुरालीले दशै पछिको महत्वपूणर् पर्वका रुपमा अनन्ते पर्वलाई लिने गरेको छन् । महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हासिला गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन् ।

May be an image of flower and text

चर्चामा

सम्बन्धित समाचार