मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सांस्कृतिक पर्ब अनन्ते मेला शनिबारबाट सुरु

बाजुरामा सांस्कृतिक पर्ब अनन्ते मेला शनिबारबाट सुरु

  • शनिबार, भदौ २५, २०७९
बाजुरामा सांस्कृतिक पर्ब अनन्ते मेला शनिबारबाट सुरु

बाजुरा — बाजुरालीहरुको स्थानिय संस्कृति पर्ब अनन्ते मेला शनिबारबाट सुरु भएको छ । अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेका छन् ।
यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ । बाजुरालीले दशै पछिको महत्वपूणर् पर्वका रुपमा अनन्ते पर्वलाई लिने गरेको छन् । महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हाँसिल गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन् ।
पर्वलाई सत्यको बिजयको सम्झनामा मनाउने गरिएको अनन्ते मेलाका जानकारहरुले बताउने गरेका छन । मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ । मेला हिन्दुहरुले मान्ने १६ श्राद्धय सुरु भएकै दिनबाट सुरु हुन्छ ।
अन्यायको अन्त्य भन्ने शब्द अपभ्रस भएर अनन्ते शब्दको उत्पति भएको किवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूणर्ीमाको दिनबाट सुरु भएर भगवनको भजन कृत्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदाय बीच गीत मागलसंगै बिजुराका गाथाको माध्यमद्धारा मेला मनाउने गरेको स्थानिय बुद्धिसिंह थापाले बताए ।
मेला अबधिभर मिजुला बजाउदै गीत मागल गाएर महाभारतको युद्धमा कौरव र पाण्डव बीचको युद्ध संवाद योद्धाले देखाएको युद्ध कुशलताका जस्ता कार्यको बणर्न गर्दै मेला मनाउने चलन छ । यो पर्ब सांस्कृतिक रुपमा धनी पर्वका रुपमा बाजुरालीहरुले लिने गर्छन ।
स्थानिय लोक सांस्कृतिक र जिल्लाको पहिचानको रुपमा मनाईने पर्ब बाजुरा जिल्लाको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगाएतका क्षेत्रमा मनाउने गरिन्छ । सस्कृतिको जगेर्ना आफन्तसंगको भेटघाट र मित्रताको सुरुवातको संकेतका रुपमा पनि अनन्ते पर्वालाई मनाउने गरिएको स्थानिय शेरबहादुर रावलले बताए ।
पर्वलाई सबै जातिको उस्थितिमा सामुहिक रुपमा मनाउने भएकोले सामाजिक शान्ति स्थापना गर्न पनि पर्वको महत्व रहेको मार्तडीका स्थानिय धनबहादुर रावलले बताए । मेलाको अवसर पारेर छिमेकी जिल्ला पालिकाका लेक, खर्क, बेशीबाट आफन्त गोठालाहरु बिद्यार्थीहरु र कर्मचारी एकै ठाउमा जम्मा भएर आफ्नो क्षेत्रको सुखादुखा देखी भाईचाराको सम्बन्ध कायम हुने गरेको स्थानियले बताउने गरेका छन् ।
मेला अवधिभर केटा केटीहरु दोहोरी देउडा मार्फत महाभारतको कथा बस्तुलाई कलात्मक तरिकाले ब्यक्त गर्ने गर्दछन । मेला गोलो घेरा बनाएर दुई पट्टीबाट मिजुला बजाउदै पालै पालो गित गाथा गाएर रमाईलो गर्ने गर्दछन ।

चर्चामा

सम्बन्धित समाचार