• होमपेज
  • बाजुरा बिशेष
  • कामु प्रधानन्यायाधीश कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

कामु प्रधानन्यायाधीश कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

  • बुधबार, भदौ २२, २०७९
कामु प्रधानन्यायाधीश कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

बाजुरा– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गरेका छन । बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आएका  कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गरेका छन ।

बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेकाे बताएका छन् ।

बाजुरा जिल्ला अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिस सहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान गरेकाे प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन् । टोलीमा सर्वोच्चका मुख्य रजिष्टार नारायण पन्थी, सह-रजिष्टार बावुराम दाहाल लगायतको सहभागिता रहेकाे जनाएइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार