• होमपेज
  • समाज
  • मुक्त हलिया घोषणा १४ बर्ष, हलिया प्रथा कायमै

मुक्त हलिया घोषणा १४ बर्ष, हलिया प्रथा कायमै

  • मङ्लबार, भदौ २१, २०७९
मुक्त हलिया घोषणा १४ बर्ष, हलिया प्रथा कायमै

जंग रावल/बाजुरा–नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलीया मुक्त समाज बिच ५ बुधे सम्झौता भई मुक्त हलिया घोषणा गरेको थियो ।
सरकारले मुक्त हलिया घोषणा गरेपनि भने हलीया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा १७ सय भन्दा बढि हलीया रहेका जिल्ला हलीया समाज बाजुराले जनाएको छ । सरकारले तथ्याङ्क संकलन १६ सय ३४ जनाको भएको थियो । तर प्रमाणिकरण भने १३ सय ११ मात्र रहेका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
सरकारले हलीयाहरु सगँको सम्झौता अनुसार हलिया मुक्त घोषणा भने सरकाले तुरुन्त गरेको थियो । बाँकि सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुर्नस्थापनाको व्यवस्था, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगाएतका कुरा भने अझै कार्यान्वयन नहुदा हलियाहरु समस्यामा परेका छन ।
बुढिन्नदा नगरपालिका १ पिपलडालिका मनविरे लुवार बर्षभरी साहूको हलो जोत्ने काम गर्छन् । त्यस काम बाफत १ बोरा धान र १ बोरा गहूँ मात्र पाँउछन् । त्यसले पनि खान पुग्दैन । बाँकी समय स्थानिय कोल्टि बजारमा गएर ज्याला मजदुरी गरेर परीवार पाल्दै आएका छन् । त्यस्तै बिरे सार्कीको पिडा पनि कम छैन् । उनि पनि साहुको हलो जोत्ने गरेका छन् । आफु सँग जग्गा जमिन केही छैन्, अनि साहु कहाँ नगएर कता जाने उनको भनाई छ । हलिया बस्नु साहुको बाध्यता नभएर आफ्नो बाध्यता भएको बिरे सार्कीले भने ।
पिपलडालिका दलित समूदायका २८ परिवारको बसोवास रहेको गाउँका सवैै स्थानीय गैर दलितको हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको भएपनि पुर्नस्थापना नगर्दा हलिया बस्न बाध्य भएका दलित अगुवा गोरख सार्कीले बताए । उनले भने खान लाउन पुग्दैन्, अनि बाध्य भएर साँहुको हलिया बस्ने गरेको बताए ।
यी जस्तै जिल्लामा रहेका १७ सय भन्दा बढि हलियाको अबस्था उस्तै छ । उनीहरु अहिले साहु प्रति सामन्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाई दिए के गर्ने भन्ने पीरले आफूहरु जस्तो सुकै कष्ट समेत सहन बाध्य भएको जयमल बिक बताउ“छन् । जिल्लाका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामिकार्तिक गाउँपालिकामा अझै हलिया प्रथा रहेको हलिया अधिकारकर्मी गोरख सार्कीले वताएका छन् ।
अर्को आर्थिक अभाबले बर्षौ देखि हलिया महिलाहरु रोग पाल्दै आएको स्थानिय मुक्त हलिया जयमल लुवारले वताएका छन् । कडा परीश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनिहरुको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् । आफ्नो श्रीमति विरामी भएको लामो समय भईसक्दा पनि उपचार गर्न नसकेको उनले वताए । दैनिक काम गरेर मात्र बिहान बेलुकाको छाक्क टार्ने गरेका छौ, उपचार गर्ने रकम कहाँ बाट ल्याउने जयमलले भने । गाँउमा रहेका स्वास्थ्य चौकिमा सामान्य रोगको उपचार मात्र हुन्छ । गम्भिर खाले रोग भएमा यहाँका महिलाहरुले धनगढी, नेपालगञ्ज र भारत जानु पर्ने बाध्यता रहेको छ, त्यहाँ जानलाई आर्थिक अबस्था कमजोर भएकाले बर्षौ देखि रोग पाल्दै आएको हलिया अगुवा गोरख विकले वताएका छन् ।
जिल्लामा हलियाका नाममा करोडौ रकम खर्च गरेका सरकारी तथा गैर सरकारी संस्था भएपनि बर्षौ देखि रोग पाल्दै आएका महिलाहरुका लागि भने केही भएको पाईदैन् । बर्षाै देखि जिल्ला हलिया मुक्ति समाज, केयर नेपाल, पुस बाजुरा नामक गैर सरकारी संस्थाले हलियाका क्षेत्रमा काम गरदै आएका छन् । हलियाका नाममा करोडौ बजेट खर्चेको भएपनि केही पहुँचवालका पेरीफेरीमा बजेट खुम्ने गरेको नागरिक समाजका शेर बहादुर शाहिले वताएका छन् । केहीलाई त जागिर खानका लागि मात्र यो कार्यक्रम भएको उनको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार