शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

  • मङ्लबार, भदौ २१, २०७९
‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग सहकार्य गरेको छ । खल्तीले भ्वाइसँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको हो । यस साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले भ्वाइसका आफूलाई मनपर्ने प्रतियोगीलाई खल्तीमार्फत् भोट गर्न सक्नेछन् । साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाइज हो, जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ३ शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ। लगातार सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस नेपाल’ चौथो (४) शृङ्खला तर्फ अघि बढेको छ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भाद्र २४ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ। कार्यक्रममा कोच तथा निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन्। यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्। ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

चर्चामा

सम्बन्धित समाचार