बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संसदिय निर्वाचनको बारे!

संसदिय निर्वाचनको बारे!

  • सोमवार, भदौ २०, २०७९
संसदिय निर्वाचनको बारे!

सुरेशकुमार पान्डे — चुनाव भनेको संबैधानिक रूपमा दृष्टिगत गर्दा गणतन्त्रवादीहरूका लागी आधार भुत तत्व पनि हो।पुंजिवादी गणतन्त्रका लागी रिड हो पनि भन्निन्छ।गणतन्त्रमा सबैलाई चुनाव उपयोग गर्ने हिदायत दिएपनि पुंजिवादी गणतन्त्रकै बिधीनुसार चुनाव उपयोग गर्ने जत्तिकै बहिस्कार गर्ने नागरिकलाई छुटपनि हुन्छ त्यो नागरिकको नैसंगिक अधिकार हो।
तर चुनाव बहिस्कार किन गर्ने र उपयोग किन गर्ने?यसबारे निर्णय गर्ने अधिकार पार्टीलाई हुन्छ।पार्टीले बस्तुगत परिस्थिती हेरेर पार्टीको अबस्था हेरेर जनता र देशको हित केमा हुन्छ त्यसमा बिचार गरेर चुनावलाई उपयोग वा बहिस्कार गर्नेगर्छन यसैले पार्टीको दुरदर्शियता पनि प्रस्टायको हुन्छ।
एउटा क्रान्तिकारी पार्टीको लागि संसदिय निर्वाचन भनेको सामन्यातः रूपमा त्यसलाई उपयोग गरेर भावी योजनालाई फाइदा पुराउँन सक्किन्छ भनेर मात्र उपयोग गर्ने गरिन्छ।
उनिहरूले क्रान्तिकारी आधार तैयार पार्ने उदेश्यले संसदलाई उपयोग गर्छन तर पनि पार्टीले सोंचेको जस्तो कहिले काहीं हुन सक्दैन किनकी हामि भित्र रहेको आंशिक अवसरबाद वा भनौ निम्न पुंजिवादी अबस्थाले गर्दा सांसद बनिसकेपछी उनिहरू मन्त्रि बन्ने र पुंजिवादी सुखःसुबिधा र रङ्ग मञ्चमा अल्लमल्ल परेर आफ्नो उदेश्यलाई भुतुक्कै बिर्सिंन्छन परिणाम एउटा क्रान्तिकारी पार्टीले एउटा नेता गुमाउँछ त्यसले गर्दा सिंगो पार्टी समेत बद्नाम हुने खतरा रहिरहन्छ।
उपरोक्त बिषयलाई मनगढ्न्ते वा मनोगत बिचार मात्र भन्न मिल्दैन किनकी हामिले लगातार भोग्दै आएको बिषय पनि हो।
तर त्यसो हो भने के देशमा क्रान्तिको अबस्था सम्म संसदलाई उपयोगनै नगर्ने त?यस्तो खालको प्रश्न सर्वत्र उठ्न सक्छ।उठ्नु पनि स्वभाबिक हो।एउटा क्रान्तिकारी पार्टीले चुनावमा अबस्था अनुसार भाग लिनुपर्छ ताकी त्यो बाट क्रान्तिकारी आन्दोलनको उठान गर्न फाइदा मिलोस् र क्रान्तिपछी पनि संसदिय ब्यबस्थाको बारेमा अभ्यास पनिहोस् आखिर संसदमा पुगरे कस्तो खालको अबस्थामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका भुमिका कस्ता हुनुपर्छ भन्ने सिक गरिब सर्वहारलाई पनि मिल्छ।
कम्युनिष्टहरूले मात्रै बिद्रोहका र क्रान्तिका कुरागरेर मात्रै हुंदैन कुन अबस्थामा र को सँग बिद्रोह गर्ने भन्नेबारे पनि बुझ्नै पर्छ।
हामि सबैलाई थाहाछ पुंजिवादी ब्यबस्था अन्तरगतका कम्युनिष्टहरू स्वांयम पनि पुंजिवादी रङ्गमञ्चबाट स्वतन्त्र हुंदैनन् यो अहिलेको यथार्थ हो।
तरपनि जहिले सम्म देशमा क्रान्तिकारी अबस्था सिर्चित हुंदैन राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा क्रान्तिको लागी बस्तुगत अबस्था तैयार हुंदैन त्यो वेला सम्म संसद समेतलाई उपयोग गर्नुपर्छ तर त्यसैमा लिन हुनु र प्रतिकृयावादी शक्ति सँग एकता गर्नु भनेको एउटा क्रान्तिकारी पार्टीको लागि निश्चित रूपमा गलत हुन्छ।
तर हाम्रो देशको अबस्थालाई अध्यायन गर्दा कतै भुंईको टिप्दा खोल्टीको खस्छ की भन्ने खतर पनि छ।
देशका जनताले लामू समय सम्म बलिदानी पुर्ण शंघर्ष गरेर ल्यायको गणतन्त्र पनि धरापमा पर्ने त होइन?त्यस्तो अबस्था बिगतमा सिर्जित भयो त्यसो भयकोले गणतन्त्रवादी शक्तिहरूको एकतालेनै त्यो प्रतिगमनलाई रोक्न सक्थ्यो तर अहिलेपनि त्यो प्रतिगमन कम्जोर भयकोछैन।
अहिले देशमा प्रतिगमन सँगसँगै बिदेशी हश्तक्षेपपनि बढेर गयको अबस्थाछ।बिदेशी हश्तक्षेप बढेर गयको अबस्थाको पनि हामिले गम्भिर भयर मूल्यांकन गरेर कार्योजना तैयार पार्न सक्नुपर्छ।
यो वेलामा सबैभन्दा पहिले देशभक्त गणतन्त्रहरूको एकता र उनिहरू बिचको तालमेलको ठुलो महत्वछ।चुनावलाई यदी वामपन्थिहरूको एकता वा गठबन्धन हुन्छ भने त्यो भन्दा ठुलो कुरा आर्को हुंदैन।तर यँहा पार्टीहरूको आपसि मद्भेदले गर्दा त्यसो हुन सकि राखेकोछैन।यसबारेमा सबै देशभक्त गणतन्त्रवादी शक्ति पनि चिन्तित देखिएनन् यदी चिन्तित हुन्थ्यो भने स साना आपसि झैं झग्डा भुलेर एकमना एकता गर्ने थियो।
अहिले वामपन्थिहरू तितरबितर भयर मिल्ने फाइदा भनेको प्रतिकृयावादीलाई नै हो त्यसैले हाम्रो यो गलतीले प्रतिकृयावादी वा प्रतिगामी शक्ति झन शक्तिशाली हुने निश्चितछ।यदी सबै वामपन्थिको गठबन्धन भयर चुनाव हुन्छ भने देशको संसदमा ठुलो शक्तिको रूपमा वामपन्थिहरू हुनेछन।
कम्तिमा देशभक्त र गणतन्त्रवादी शक्तिले जितेपछी देशमा गणतान्त्रिक ब्यबस्था शुरक्षित हुनेछ र बिदेशी सँग असमान सन्धि र सम्झौताहरू गरिनेछैन।त्यही भयपनि देशलाई खतरा मुक्त गरेर मात्र कहि बिकासका गतिबिधीहरू अगाडी सार्न सक्किन्छ।
क्रान्ति गर्नु भन्दा पनि आफ्नो देशको शुरक्षा गर्नु र देशमा आएको आंशिक जनाधिकारको गणतन्त्र र धर्म निरपक्षियताको जोगेर्ना गर्न सक्छौं भनेपनि धेरै राम्रो हुनेछ।अहिले देश अमेरिकन साम्राज्यवादको सैनिक अखडा बन्न थालेको वेला सबैभन्दा पहिलो सर्त मेरो बिचारमा राष्ट्रियताको हुनुपर्नेहो।तर देशभित्रका राजनीतिक शक्तिहरूको आपसमा भयको सत्ता लोलुप्ताले र पद प्रतिष्ठाको लोभले गर्दा अहिले एकता हुन सकेकोछैन।
जो देशको लागी ठुलो दुःखको बिषय नै हो।कम्युनिष्ट भनौदाहरूको ब्याक्तिगत र गुट गत स्वार्थका कारण एकता हुन सकेकोछैन त्यसैको परिणाम आज कसैले चुनाव बहिस्कार गर्ने कसैले उपयोग गर्ने कोइ संसदिय रङ्गमञ्च पुगेर हराउँने प्रकृया भयकोछ।
अहिले यही अबस्थामा संसदिय निर्वाचनलाई बहिस्कार गर्नुलाई सहिनीति भन्न सकिदैन बरू संसदिय निर्वाचनलाई सक्रियरूपमा वामपन्थिहरूको गठबन्धन गरेर निर्वाचनमा भाग लिनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार