सुरेशकुमार पान्डे — हिंजो नागरिकता बिधेयक पारित गराउन राष्ट्रपति समेतलाई धम्काएका प्रचण्डले सात बर्ष सम्मको म्याद हुनुपर्ने अंगिकृतहरू लाई भनेर मैले भनेको हुँ भन्दैछन अहिले।प्रचण्डले हाम्रो देशलाई सखाफ पार्न थालेको कुरा जनता बाट लुकेकोछैन।प्रचण्ड,बाबुराम,शेरबहादुर देउपा र केपि ओली केही मधेशबादी का नेताहरू कहां बाट सञ्चालितछन भन्नेकुरा दिनको घाम जस्तै छर्लङ्गै छ।
उपरोक्त नेताहरू नेपालमा हुंदैन थिए भने देशमा न त संघियता आउँथ्यो न,एम सीसी नाही यो राष्ट्रघाती नागरिकता बिधेयक।
राष्ट्र्पतीले जव प्रमाणिक गर्न रोकिन त्यसपछि यिनिहरू भित्र खलबली भयको कुरा सहि र सत्य हो।
प्रचण्ड र बाबुरामले देशभित्र शहिदको खेती गरे जनतामा झुठ बोलेर की उनिहरूले देश र जनताको हितमा नौलो जनबादी ब्यबस्था अनिवार्य ल्याउँनेछन।देशमा कृषी क्रान्तिका नारा लगाएर राज सँग अघोषित रूपमा एकता गरेर नौलो जनवादी क्रान्ति गर्न अगाडी बढेका देशभक्त र होनहार क्रान्तिकारी युवाहरूलाई खुले आम मराए राजातन्त्र सँग मिलेर आफुले भारतमा सरण लिएर बसे उनिहरूको त्यो ब्यबहारले भारत,राजा र तत्कालिन माओवादीका शिर्श नेताहरू बिचमा अघोषित एकताको निती जानबुझेर तैयार पारिएको थियो भन्ने उनिहरूको ब्यबहारले पुस्टी गर्दै आएकोछ।
उनिहरूकै ब्यबहारले भारतका माओवादी हरूलाई सरकारले दमन गर्ने र उनिहरूलाई आत्मसम्पर्ण गराउँने अवसर पायो।त्यो वेला जब नेपालमा माओवादी राजनीतिको मूलधारमा आयो प्रचण्डले यसबाट भारतिय माओवादीहरूलाई पनि शिक्षा मिलेका तर्क आगाडी सारेकाथिए।
नेपालमा चलेको कथित जनयुद्धबाट तमाम क्रान्तिकारी युवाहरूलाई मात्र मराएनन् भावि क्रान्तिकारी आन्दोलन फेरी कहिल्य न उठोस् भनेर यिनैले जनतामा ब्यापक आतङ्क पनि फैलाएका थिए।
जनताका गोरू काटेर खाने आम जनतालाई सास्ति दिने उनिहरूलाई खुराकी नदिएको र सुराकी गरेको आरोप लगाएर कुटपिट र जनकार्वाहीको नाउमा सक्या सम्म यातना दिनेकाम गरे।जवर्जस्ती क्षेत्रि बाहुँन को घरमा घुसाएर उनिहरूका जनै काट्न लगाएर ब्यापक रूपमा आतङ्क फैलाएका थिए।
त्यो आतङ्क झेलेका आम जनतामा अहिले पनि खौफ सकिएको छैन।देशका सर्वसाधारणमा क्रान्तिको नाम बाटनै घृणा र त्रास पैदा भयको हुन्छ।
त्यो वेलाका यिनै ‘रअ’का एजेन्ट बनेर प्रतिकृयावादी शक्तिलाई चौतर्फिय गुन लगाएका थिए जो उनै साम्राज्यवादको सहयोगमा उनिहरू सरकारमा पुगे भने प्रतिकृयावादी साम्राज्यवादी शक्ति आफ्नो योजनामा सफल भयो।उनिहरूले हाम्रो देशभित्र क्रान्तिकारी आन्दोलनलाई बिचलित पार्ने उदेश्यले देशमा आतङ्क फैलाएका थिए।एकातिर होनहार क्रान्तिकारी शक्तिको नष्ट भयो र जनता आतङ्कित भए आर्को तिर प्रतिकृयावादी शक्तिले उनिहरूलाई सहयोग पुरायो भने विस्वको कम्युनिष्ट आन्दोलनलाई नकारत्मक प्रभाव पार्न पनि सफल भयो।त्यो वेला राजा का सैनिक र माओवादीका कथित लाल सेना मिलेर देशभक्त र क्रान्तिकारी शक्तिलाई खतमपारेका थिए भने भारतले उनिहरूलाई ब्यापक सहयोग र शुरक्षा पर्दान गरेको थियो भन्ने कुरा उनिहरूका नेता भारतमै बसेकाले पुष्टीगर्छ।
अहिले सम्मको हाम्रो देशलाई सभैभन्दा बढी नोक्सान माओवादीहरूको कथित जनयुद्ध बाट भयको प्रष्ट हुंदा हुँदैपनि त्यो आन्दोलन र त्यो आन्दोलनका नाइकेहरूलाई महान भनेर सांच्चै भन्दा महान सहिदहरूलाई गरेको अपमान नै हो।
अहिले शहिदको रगत सुकी नसक्दा देश साम्राज्यवादको चङ्गुलमा फसिसकेकोछ
प्रचण्डहरूले पहिलो हाम्रो देशका जनताहरू सँग झुट बोलेर उनिहरू र क्रान्तिकारी युवाहरूलाई आफ्नै स्वार्थका लागी बलिचढाएकाछन आर्को विस्व कम्युनिष्ट आन्दोलन पर्ति वेमानी र गद्धारी गरेकाछन यिनिहरू कम्यूनिष्ट होइनन् बरू साम्राज्यवाद द्वारा सञ्चालित छद्मभेशीहरू हुन ‘रअ’का एजेन्ट भयकोपनि यिनैहरूमा एकले आर्कालाई आरोप र प्रति आरोप लगाई सकेकाछन।
शेर बहादुर देउपा पनि जनयुद्ध ताक देखुन प्रचण्डका खास थिए त्यो वेला शेरबहादुर बनाम प्रचण्ड प्रचण्ड बनाम शेरबाहादुर मय नेपाल बनेको देखिनथ्यो।
के पी शर्मा ओली पनि एउटा असफल झापा बिद्रोही मध्यका हुंन जस्ले पहिल्य टनक पुर सम्झौतामा भारतलाई गुन लगाइ सकेकाछन त्यसकारण मधेशबादीका केही नेता र यिनीहरू बिच अघोषित रूपमा एकता नभएकोहोला भन्न सकिदैन।
कुल मिलाएर यिनिहरूले देशका जनता सँग झुठ बोल्दै आएका त छंदैछन देशको सार्भौमिकता अखण्डता यिनिहरू मध्य कुनैको हातमा पनि देश शुरक्षित छैन।